काठमाडौं – प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आज प्रदेशसभाबाट विश्वासको मत लिँदै छन् ।
पाँच दलीय गठबन्धनको समर्थनमा कात्तिक १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका राईले विश्वासको मतका लागि आइतबार प्रदेशसभामा प्रस्ताव दर्ता गराएका थिए ।
दिउँसो साढे १२ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री राईले विश्वासको मत लिन लागेका हुन् ।
संविधानको धारा १६८ को (२) बमोजिम नियुक्त मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।