पर्सा – नेपाल र भारतबाट हुने गरेको चोरी पैठारी नियन्त्रणका लागि खटिएको सशस्त्र प्रहरी बल नेपाल २ नम्बर बाहिनीको टोलीले एक महिना नबित्दै करीव १० करोड बराबरको मालसमान पक्राउ गर्न सफल भएको जनाइएको छ ।
प्रदेश नम्बर २ मा रहेको पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरी गरी आठवटै जिल्लाहरुबाट एक महिना नबित्दै १० करोड बराबरको मालसमान नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल नेपालले जनाएको हो ।
सशस्त्र प्रहरीले बिगतको आर्थिक वर्ष भन्दा यसपालिको आर्थिक वर्ष २०७७–७८ मा करिब दोब्बर राजस्व छलिका मालसमान नियन्त्रणमा लिन सफल भएको बताइन्छ ।