सर्वोच्च अदालत परिसरमा वकिलहरूको आन्दोलन, महासचिवको नाकमा लाग्यो चोट – Himalayan Dainik

सर्वोच्च अदालत परिसरमा वकिलहरूको आन्दोलन, महासचिवको नाकमा लाग्यो चोट


सर्वोच्च अदालत परिसरमा वकिलहरूको आन्दोलन, महासचिवको नाकमा लाग्यो चोट

काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणाको राजीनामा माग गर्दै धर्ना दिन सर्वोच्च परिसर छिर्ने क्रममा आन्दोलनरत वकिललाई प्रहरीले रोक्न खोजेपछि झडप भएको छ ।

झडपमा प्रहरीको लठ्ठी प्रहारबाट बार महासचिव लीलामणि पौडेल घाइते भएका छन् । उनको नाकमा चोट लागेको अधिवक्ता टीकाराम भट्टराईले बताए ।

सर्वोच्च परिसरमा वकिलहरूले प्रधानन्यायाधीशको राजीनामा माग्दै नाराबाजी गरेका छन् ।

भ्रष्ट प्रधानन्यायाधीश राजीनामा दे, चोलेन्द्रका मतियार होसियार, लगायतका नारा लगाउँदै वकिलहरूले प्रदर्शन गरेका छन् ।