ढलले बगाएर १० बर्षिय बालकको मृत्यु – Himalayan Dainik

ढलले बगाएर १० बर्षिय बालकको मृत्यु


ढलले बगाएर १० बर्षिय बालकको मृत्यु

काठमाडौँ  – सुनसरी धरानका ६३ वर्षीय मंगले कामी, उनकी पत्नी धनमाया विश्वकर्माको एउटै साहारा १० वर्षीय उज्वल विक असोज ५ गते मंगलबार राती खहरेको ढलमा खसेर बेपत्ता भयो । काठमाडौं महानगर–६ र बूढानिलकण्ठ नगरपालिका–१२ को संगम खहरे आरम्भचोकको धराप ढलमा खसेर बेपत्ता भएका उज्वलको खोजीमा नेपाल प्रहरी, प्रहरी विपत व्यवस्थापन टोली, सशस्त्र प्रहरी, स्थानीयबासिन्दाले ६ दिन खर्चिए । तर, भेटाउन सकेनन् ।

 

काठमाडौं महानगर बुढानिलकण्ठ नगरपालिका१२ को संगम आरम्भचोकस्थित खुला छोडिएको ढल

आइतबार बिहान उज्वलको शव ललितपुर बागमती गाउँपालिका–१ घुसेलस्थित बागमती खोला किनारमा सडेको अवस्थामा फेला प¥यो । उज्वलको परिवारले कपडाको आधारमा शव पहिचान गरे । उज्वल ११ महिनाको हुँदा आमा उर्मिला विश्वकर्माले दोस्रो विवाह गरिन् । बुबा अनिलले पनि उज्वलको ख्याल गरेनन् । केही वर्षपछि बुबा पनि बेपत्ता भए ।

काठमाडौं महानगर बुढानिलकण्ठ नगरपालिका१२ को संगम आरम्भचोकस्थित खुला छोडिएको ढल वरीपरिको सडक

उज्वल हजुरआमा÷बुबा साहारामा हुर्किए । ‘ज्यामी काम गरेरै भएपनि भोकै राखेको थिएन,’ हजुरबुबा मंगले कामीले भने, ‘बुढेसकालको साहारा नाती थियो, त्यो पनि दैवले ह¥यो ।’ पाथीभरा आधारभूत विद्यालय कक्षा २ मा अध्ययनरत उज्वल असोज ५ (मंगलबार) बिहान जेठी फुपू अनिता कोइरालाको पसल खरिबोटमा गएका थिए ।

असोज ५ गते यस खुला ढलमा खसेर बेपत्ता भएका १० वर्षीय उज्वल विकको परिवार ।

सोहीदिन साँझ नातीलाई लिन हजुरबुबा पनि पसलमै पुगे । साँझ पर्न थालेपछि हजुरबुबा मंगले र उज्वल घर फर्किन हिंडे । ‘बीच बाटोमा आईपुग्दा पानी प¥यो, ओत लाग्यौं,’ हजुरबुबा मंगले स्मरण गर्छन्,‘पानी पर्दै थियो, केटो हिंड्यो । एकैछिनमा बच्चा ढलमा खस्यो भन्ने सुनें, म पनि झण्डै त्यही ढलमा खसेको प्रहरीले बचायो ।’

ढलमा खसेर मृत्यु भएको उज्जव विकका हजुरबुवा रुदै

मंगलेको मनले सोच्यो, उज्वल फुफूको पसल मै फर्कियो । मदिराले लठ्ठ मंगले त्यो साँझ छिट्टै निदाए । हजुरआमा धनमायाले सोचिन्, उज्वल फुपूको मै बस्यो । फुपू अनिताले सोचिन, उज्वल घर पुग्यो । स्थानीयबासिन्दा, प्रहरीलगायतले बालक ढलमा खसेर बेपत्ता भयो भन्दै खोला किनारमा खोज्दा पनि उनको परिवारलाई लागेन की उज्वल नै बेपत्ता भयो ।

ढलमा खसेर मृत्यु भएकमा १० वर्षिय उज्जव विकको कोठा

उज्वलको परिवारलाई भोलिपल्ट मात्र थाहा भयो, उज्वल बेपत्ता छन् । असोज ६ गते (बुधबार) मात्र उनको परिवारले महानगरीय प्रहरी प्रभाग कपनमा उज्वल बेपत्ता भएको भन्दै निवेदन दिए । प्रहरीमा निवेदन दिएपनि उज्वलको पर्खाइमा हजुरआमा÷बुबा, फुपू थिए । असोज १० गते (आइतबार) बिहानै ललितपुर बागमती गाउँपालिका–१ घुसेलस्थित बागमती खोला किनारमा बालकको शव फेला परेको र पहिचानका लागि प्रहरीले बोलाउँदा उनीहरु आँतिए । ‘शरीर सडेर चिन्न नसक्ने भईसकेको रैछ, कपडाले चिन्यौं,’ फुपू अनिताले भनिन् ।

ढलमा खसेर मृत्यु भएकमा १० वर्षिय उज्जव विकको साइकल

उज्वलको शव पहिचान भएपछि पोष्ट मार्टमका लागि पाटन अस्पताल ल्यायो ।  ‘ज्यानको क्षतिपूर्ति भन्ने त हुँदैन तर, अरुका सन्तान त्यही खहरेको ढलमा खसेर ज्यान गुमाउन नपरोस्,’ उज्वलकी हजुरआमा धनमायाले भनिन्,‘बुढाबुढीको आशाको त्यान्त्रो चुडियो । बुढानिलकण्ठ नगरपालिका–१२ का वडाध्यक्ष शम्भु भट्टराईका अनुसार खहरेको ढलमा खसेर मृत्यु भएका बालकको  परिवारलाई काठमाडौैं महानगर र बुढानिलकण्ठ नगरले २÷२ लाख रुपैयाँ राहत दिने विषयमा छलफल गरेका थिए ।

ढलमा खसेर मृत्यु भएकमा १० वर्षिय उज्जव विकको परिवारको भान्सा कोठा ।

धनुषाकी सुमन नेपाल कपन आरम्भचोकमा बस्न थालेको दुई दशक भयो । २० वर्षअघि उनी कपन आउँदा हालको तेञ्जिड.चोक, आरम्भचोक, मिलनचोकबीचको सडक खोला थियो । ‘केही वर्ष मै खोलालाई हिम पाइपमा कैद ग¥यो, हिम पाइप माथि सडक बन्यो,’ उनले भनिन्,‘हिम पाइपले खोला धान्न सकेन । दिनहुँ बाढी र डुबान झेल्दैछौं ।’

काठमाडौ उपत्यकाको अव्यवस्थी विभित्र ठाउँको सडक

बुढानिलकण्ठ जगडोल, पयूटार, आनी गुम्बा, कपन, तेञ्जिड.चोक, आरम्भचोक, मिलनचोक, साततले हुँदै धोबी खोलामा मिसिने खहरे खोलामा हिमपाइप राखे देखि उक्त क्षेत्रहरु वर्षात्को समयमा दिनहुँ बाढी र डुबान हुने गरेको छ । खोलाको बहावलाई मध्यनजर नगरी सानो हिम पाइप राखेकाले ओभरफ्लो भई बस्तीमा बाढी छिरेर ठाउँ–ठाउँमा नोक्सान पु¥याईरहेको स्थानीय केदार आचार्य बताउँछन् ।

काठमाडौ उपत्यकाको अव्यवस्थी विभित्र ठाउँको सडक

प्रत्येकवर्षको बाढी र डुबानको समस्या समाधानका लागि स्थानीय तह, बागमती प्रदेश सिंचाई विभागको समन्वयमा उक्त क्षेत्रको खहरे खोलामा राखेको हिम पाइप हटाएर ढलान गर्ने कार्य भईरहेको छ । बढ्दो सहरीकरणले नदीखोला मिच्दै जाने क्रममा कपनको यो खहरे खोलामाथि ग्राभेल बाटो बन्यो र बाटोमुनि खोलाको पानी पठाउन हिम पाइप राखियो । ग्राभेल गरिएको बाटो जुन ठाउँमा पुगेर ढलान सडकसँग जोडिन्छ, त्यहीँ बीच बाटोमै धेरै दिनदेखि ढल ह्वांगै छोड्यो । झमझम वर्षा हुँदा ह्वांग छोडेको ढलमा खसेर उज्वल विक बेपत्ता भएका हुन् ।

काठमाडौं महानगर बुढानिलकण्ठ नगरपालिका१२ को संगम आरम्भचोकस्थित खुला छोडिएको ढल सिंचाई विभागको टुक्रे बजेटमा बनेको ढलान र ह्वांगै छोडेको खुला ढलको कारण उज्वलको मृत्यु भएपछि उक्त स्थानमा फलामको रेलिङले बारबेर गर्ने कार्य गरेको छ । बुढानिलकण्ठ नगरपालिका–१२ का वडाध्यक्ष शम्भुप्रसाद भट्टराईका अनुसार यो सडक ढलान सिंचाइ विभागले गर्दै आएको थियो ।

ढलमा खसेर मृत्यु भएका १० वर्षिय उज्जव विकको हजुरआमा धनमाया विश्वकर्मा नातीको सम्झनामा रुदै बर्खा सुरू भएपछि उसले काम बन्द गर्यो । ‘गतवर्ष ४० लाख रुपैयाँको बजेट थियो,’ वडाध्यक्ष भट्टराईले भने,‘उनीहरू आफैंले टेन्डर पारे, बाँकी ४५ मिटर दोभानसम्मको बाटो बनाउन अर्को टेन्डर गराईदैछ ।’ विभागले स्थानीय तहलाई कुुनै समन्वय नै नगरी काम गरेको उनको आरोप छ । उक्त क्षेत्रमा सिंचाई विभागले ३ चरणमा काम गरेको समेत उनले बताए

ढलमा खसेर मृत्यु भएका १० वर्षिय उज्जव विकको तस्वीर हेर्दै उज्जवलको फूपु वडाध्यक्ष भट्टराईका अनुसार धोबी खोलादेखि आनीगुम्बासम्मको करिब २३ सय मिटर दुरी खहरे खोलामा राखेको हिम पाइप हटाएर ढलान गर्ने योजना छ । जसमध्ये, साततले–दुर्गा मन्दिरसम्मको करिब १६ सय मिटर दुरीमा बन्ने ढलानका लागि करिब २८ करोड ७३ लाख रुपैया“मा लागतमा ठेक्का सम्झौता भईसकेको छ ।

  ढलमा खसेर मृत्यु भएका १० वर्षिय उज्जव विकको तस्वीर देखाउदै हजुरबुवा मंगले ।चन्द्रकला क्षेत्री