एमालेको विरोधकाबीच राष्ट्रिय सभामा ४ वटा विधेयक पेश – Himalayan Dainik

एमालेको विरोधकाबीच राष्ट्रिय सभामा ४ वटा विधेयक पेश


एमालेको विरोधकाबीच राष्ट्रिय सभामा ४ वटा विधेयक पेश

काठमाडौँ – राष्ट्रिय सभामा नेकपा एमालेका सांसदहरुको विरोधका बीच चारवटा विधेयकहरु पेश भएको छ ।

आज बसेको राष्ट्रिय सभा बैठकले खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, सार्वजनिक सेवा प्रसारण विधेयक, अखिलेख संरक्षण पहिलो संशोधन विधेयक र सुरक्षण मुद्रण सम्बन्धी विधेयक पेश गरेको हो ।

एमाले सांसदहरु विरोध जनाएर उभिरहेको बेला प्रधानमन्त्रीको तर्फबाट कानुनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले यी विधेयकहरु पेश गरेका थिए ।यी चारवटै विधेयकहरु दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ ।