माधव नेपाल अस्पतालबाट डिस्चार्ज – Himalayan Dainik

माधव नेपाल अस्पतालबाट डिस्चार्ज


माधव नेपाल अस्पतालबाट डिस्चार्ज

काठमाडौँ – असोज १३ गते त्रिवि शिक्षण अस्पताल भर्ना भएका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल ५ दिनको स्वास्थ्य उपचारपछि डिस्चार्ज भएर घर फर्केका छन् ।

रुघाखोकी, ज्वरो लगायत स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका अध्यक्ष नेपाल स्वास्थ्य लाभ गरी आज सोमबार घर फर्केको नेपालको नीजि सचिवालयले जनाएको छ ।

अध्यक्ष नेपाल डिस्चार्ज भएर घर फर्के पनि स्वास्थ्य संवेदनशीलताका कारण केहीदिन भेटवार्ता र बाहिरी कार्यक्रममा सहभागी नहुने भएका छन् । चिकित्सकको सल्लाहअनुसार नै उनी केहीदिन घरमै आराम गर्नेछन् ।