निलो आकाश सहकारीको १४ औं वार्षिक साधारण सभा सम्पन्न – Himalayan Dainik

निलो आकाश सहकारीको १४ औं वार्षिक साधारण सभा सम्पन्न


निलो आकाश सहकारीको १४ औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं  – निलो आकाश वचत तथा ऋण सहकारी संस्था लि.ले यस वर्ष पनि भर्चुअल माध्यमबाट करिव ६६ प्रतिशत शेयर सदस्यहरुको सहमतिमा संस्थाको अध्यक्ष निमनाथ फूयाँलको अध्यक्षता र बाग्मति प्रदेश बचत तथा ऋण सहकारी संघ लिमिटेडका अध्यक्ष उद्दव सापकोटाको प्रमुख आतिथ्यतामा १४ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

संस्थाले मिति २०७८ साल अशोज ७ गतेबाट १४ गते सम्म १५० जनाको दरले संस्थाको कार्यालय गैरीगाउँमा उपस्थिती पुस्तिकामा हाजिर गर्ने वातावरण मिलाएको थियो । स्वयम उपस्थित भएर हस्ताक्षर गर्ने सदस्यहरुलाई पारवहन भत्तास्वरुप रु ५०० उपलब्ध गराईएको थियो । कोभिड–१९ को जोखिम अझै रहेको हुनाले यस वर्ष पनि भर्चुअल माध्यमबाट साधारण सभा गर्नु परेको जानकारी संस्थाका अध्यक्षले दिनु भएको थियो ।
उक्त साधारण सभाको प्रत्यक्ष प्रसारण समेत गरेर सदस्यहरुलाई दुर सहभागिता गराईएको थियो । उक्त अबसरमा संस्थाका जेष्ठ शेयर सदस्यहरुलाई दोसल्ला ओढाएर सम्मान गर्नुको साथै दुईजोड भन्दा माथिका सैक्षिक क्षेत्रमा उत्कृष्ट अंक ल्याउने शेयर सदस्यहरु तथा शेयर सदस्यहरुको छोरा छोरीहरुलाई निलो आकाश शैक्षिक सम्मानबाट सम्मान गरिएको थियो ।

निलो आकाशको साधारण सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन, कोषाध्यक्षको प्रतिवेदन र लेखा तथा सुपरिवेक्षण समितिको तर्फबाट प्रतिवेदन प्रस्तुत गरेको थियो । हाल संस्थामा ७ जना कर्मचारीहरुले शेयर सदस्यहरुलाई सहयोग पु¥याई रहेको छ । संस्थामा आ.व. २०७७÷०७८ सम्ममा १०३१ जना शेयर सदस्यहरु रहेका छन ।
आ.व. २०७७÷०७८ सम्म संस्थाका वासलत ३२,२९,०१,४२७ रहेको, संस्थाले हाल ५ वटा कोषहरु सञ्चालन गर्नुको साथै ३० लाख सम्मको ढुकुटी वीमा र १ लाख बराबरको सदस्य दुर्घटना वीमा समेत गरेको जानकारी उक्त साधारण सभामा गराईएको थियो । संस्थाले २०७८÷०७९ को लागि २० वटा भावि निति तथा कार्यक्रमहरु समेत अघी सारेको छ ।

१४ औं वार्षिक साधारण सभामा विभिन्न संघ संस्थाका प्रतिनिधी तथा प्रमुखहरुले शुभकामनाको साथै संस्थाको उन्नती, प्रगति र शेयर सदस्यहरुको हितमा कामगर्न सल्लाह सुभाव दिनुभएको थियो । प्रमुख अतिथिले मन्तव्यको क्रममा यस संस्थालाई अझै अगाडी बढाउन आफु र आफु आवद्ध भएको संस्थाको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो । यस सहकारीको कार्यक्षेत्र हाल काठमाडौं महानगरपालिका भित्र रहेको र निकट भविश्यमै यसको कार्यक्षेत्र थप गरिने जानकारी समेत गराईएकोथियो । संस्थाले आ.व. २०७७÷०७८ मा १,२९,९६,०३१ मुनाफा गरेको थियो भने आ.व. २०७८÷०७९ मा १,६०,००,००० मुनाफा गर्ने लक्ष्य राखेको छ । कार्यक्रम संस्थाका सचिव गणेस अधिकारीले सञ्चालन गर्नु भएको थियो ।