काठमाडौँ – सरकारले भदौ १४ (सोमबार) सार्वजनिक बिदा दिने भएको छ । भदौ ३ गतेको बसेको मन्त्रिपरिषद बैठकले भदौ १४ गते श्रीकृष्ण जन्माष्टमीका अवसरमा विदा दिने निर्णय गरेको थियो ।
गृहमन्त्रालयले बिहीबार एक सूचना जारी गर्दै आगामी सोमबार विदा दिइएको जनाएको छ ।