अध्यक्ष ओलीद्वारा शैक्षिक सुधारका लागि १ लाख सहयोग – Himalayan Dainik

अध्यक्ष ओलीद्वारा शैक्षिक सुधारका लागि १ लाख सहयोग


अध्यक्ष ओलीद्वारा शैक्षिक सुधारका लागि १ लाख सहयोग

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले शैक्षिक सुधारका लागि एक लाख सहयोग गर्ने घोषणा गरेका छन् ।

शुक्रवार चन्द्रगिरी नगरपालिका १९ मा स्थापित भिराडिल खाइको साकुरा पार्कको अवलोकनपछि अध्यक्ष ओलीले सोही वडामा स्थापित वडाध्यक्ष शैक्षिक विकासका लागि १ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरे ।

उनले भने, “वडाध्यक्ष शैक्षिक विकासका लागि १ लाख रुपैयाँ म पनि सहयोग गर्छु, यो वडा र यो ठाउँ विकास हुन सकोस्, यहाँका जनप्रतिनिधि र विकास प्रेमी साथीहरुलाई सबै सहयोगी हातहरु जसरी अगाडि बढ्नुभएको छ, त्यसरी सधैँ लाग्नुहोस्, धेरै धेरै धन्यवाद, तपाईहरु अझै ठूला काममा सफल हुँदै जानुस् शुभकामना ।”