जनसम्पर्क समितिका सन्दर्भमा काँग्रेसले ८ निर्णय गर्‍यो – Himalayan Dainik

जनसम्पर्क समितिका सन्दर्भमा काँग्रेसले ८ निर्णय गर्‍यो


जनसम्पर्क समितिका सन्दर्भमा काँग्रेसले ८ निर्णय  गर्‍यो

काठमाडौँ –  नेपाली काँग्रेसले आफू विदेशस्थित जनसम्पर्क समितिका सन्दर्भमा ८ वटा निर्णय गरेको छ । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बिहीबारदेखि शनिबारसम्म चलेको केन्द्रीय कार्यसमिति बैठकले सदस्यता थप्नेदेखि विधान संशोधनसम्मको निर्णय गरेको हो  ।

 निर्णयहरु

१. विदेशस्थित नेपाली जनसम्पर्क समितिको सदस्यता सम्बन्धी नेपाली कांग्रेसको विधानको धारा ४ (१२) मा गरिएको व्यवस्थामा, “नेपाली जनसम्पर्क समितिको सदस्यता” थप गर्ने ।

२. विदेशस्थित नेपाली जनसम्पर्क समितिको गठन र प्रतिनिधित्व सम्बन्धी नेपाली कांग्रेसको विधानको धारा १४ मा गरिएको व्यवस्थामा देहाय बमोजिम संशोधन गर्ने

३. नेपाली जनसम्पर्क समिति कार्यसमितिको अध्यक्ष निर्वाचित हुन पार्टी विधान एवं नियमावली बमोजिम नेपाली कांग्रेसको क्रियाशील सदस्यता प्राप्त गरेको नेपाली नागरिक हुनु पर्नेछ ।

४. नेपाली जनसम्पर्क समिति कार्यसमितिको अध्यक्ष वाहेक अन्य पदाधिकारी र सदस्यहरु नेपाली कांग्रेसको क्रियाशील सदस्यता वा जनसम्पर्क समितिको सदस्यता प्राप्त गरेको व्यक्तिहरुमध्येबाट निर्वाचित/मनोनित हुन सक्नेछन् ।

५. पार्टी विधान र नियमावली अनुसार नेपाली जनसम्पर्क समितिबाट पार्टीको महाधिवेशन प्रतिनिधि निर्वाचित हुनका लागि नेपाली कांग्रेसको क्रियाशील सदस्यता प्राप्त गरेको नेपाली नागरिक हुनु पर्नेछ ।

उपरोक्त अनुसारका विधानमा गरिएका संशोधन पार्टीको आगामी महाधिवेशनबाट अनुमोदन  गरिनेछ ।

६. नेपाली कांग्रेसको नियमावली २०७६ को नियम ५ (३)(ख) (३) मा नेपाली जनसम्पर्क समिति मकाउ र साइप्रसबाट नयाँ क्रियाशील सदस्यता शुल्क वापत अमेरिकी डलर तीस र नविकरण शुल्क वापत नियम ५ (३) (ङ) बमोजिम अमेरिकी डलर पन्ध्र बुझाउनु पर्ने व्यवस्था भएकोमा, नेपाली जनसम्पर्क समिति, मकाउ र साइप्रसले नयाँ सदस्यता शुल्क वापत अमेरिकी डलर पन्ध्र र नविकरण शुल्क वापत नयाँ सदस्यता शुल्कको आधा रकम दाखिला गर्नु पर्ने गरी नियमावलीको उक्त प्रावधानलाई संशोधन गर्ने ।

७.  ‘नेपाली जनसम्पर्क समितिको सदस्यको सदस्यता शुल्क’ नेपाली कांग्रेसको क्रियाशील सदस्यता शुल्क सरह हुनेछ ।

८. पार्टीको विधान र नियमावली अनुसारको आवश्यक प्रक्रिया पु¥याई क्रियाशील सदस्यताको नामावलीको सूची, सदस्यता शुल्क, सहयोग रकम ९लेवी०, कार्यसमितिको निर्णय प्रतिलिपी लगायत आवश्यक विवरण बुझाएका नेपाली जनसम्पर्क समिति भारत, दक्षिण कोरिया, पोल्याण्ड, नर्वे, मकाउको क्रियाशील सदस्यता स्वीकृत गर्ने । नेपाली जनसम्पर्क समिति हङकङको क्रियाशील सदस्यता यस अघि नै स्वीकृत गरी पठाइएकोमा त्यसलाई अनुमोदन गर्ने ।