सांसद तामाङद्वारा मेलम्ची–हेलम्बुलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न माग – Himalayan Dainik

सांसद तामाङद्वारा मेलम्ची–हेलम्बुलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न माग


सांसद तामाङद्वारा मेलम्ची–हेलम्बुलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न माग

काठमाडौँ – नेकपा एमालेका सांसद शेरबहादुर तामाङले बाढीग्रस्त मेलम्ची र हेलम्बु क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सरकारसँग माग गरेका छन् ।

आजको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद तामाङले संकटग्रस्त क्षेत्र घोषणा गरेर राहत प्याकेज ल्याउन आग्रह गरेका हुन् । उनले भने, “मेलम्ची–हेलम्बुलाई संकटग्रस्त क्षेत्र घोषणा गरेर राहत र पुनःस्थापनाको प्याकेज छिटो सुरु गरियोस् ।” उनले सरकारले राहतको नाममा केही पनि उपलब्ध नगराएको बताए ।