काठमाडौं – कोरोना भाइरस महामारी रोकथामका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा भदौ ८ गतेसम्मका लागि लम्ब्याइएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहीबारदेखि लागू हुने गरी नयाँ निषेधाज्ञा थपेको हो । निषेधाज्ञाभर पुरानै निषेध आदेशहरुलाई निरन्तरता दिइएको छ ।
साउन २८ गतेदेखि उपत्यकामा राति ८ बजेसम्म मात्रै सवारीसाधन गुड्न पाइने भएको छ । यो नियम सार्वजनिक र निजी सवारीसाधन दुवैलाई लागू हुने प्रशासनले बताएको छ । कोरोना संक्रमण बढ्न थालेपछि प्रशासनले यस्तो आदेश जारी गरेको हो ।