सरकारलाई खबरदारी गर्छौं, आवश्यक पर्‍यो भने प्रतिरोध गर्छौं: अध्यक्ष ओली – Himalayan Dainik

सरकारलाई खबरदारी गर्छौं, आवश्यक पर्‍यो भने प्रतिरोध गर्छौं: अध्यक्ष ओली


सरकारलाई खबरदारी गर्छौं,  आवश्यक पर्‍यो भने प्रतिरोध गर्छौं: अध्यक्ष ओली

काठमाडौँ –  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू सरकारबाट हटेसँगै दमन शुरु भएको बताउनुभएको छ ।तुलसीलाल स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले अध्यक्ष ओलीले सरकारका गलत कदम सच्याउन सरकारलाई खबरदारी गरेको बताउनुभयो ।

२०० मान्छेलाई भेला हुन नदिएको, तर भोलिपल्ट त्यही ठाउँमा अर्को पार्टीले साढे ४ सय मान्छे जम्मा गरेर कार्यक्रम गरेको अध्यक्ष ओलीले बताउनुभयो । यो भद्दा राजनीतिकरण र अलोकतान्त्रिक तरिकाको कास्टिङ मात्र भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘प्रतिवाद पनि गर्छौं र आवश्यक पर्‍यो भने प्रतिरोध पनि गर्छौं । हामी सरकारबाट हट्यौं । सरकारबाट हटेको भोलिपल्ट स्काउट जस्ता संस्थालाई चल्न दिइएन । स्काउटविरुद्ध जुलुस निकाल्न थालियो ।’ स्काउटका कार्यकर्ता विभिन्न जिल्लाबाट आउँदा बस बसबाट उतार्ने काम भयो । खाना नदिएर रोक्ने काम भयो । सभा गर्न दिइएन । दमन शुरु भइसक्यो । मान्छेहरु निष्कासन हुन थालिसके ।’

अध्यक्ष ओलीले वर्तमान सरकार कुबाटोबाट बनेको बताउनुभयो । अध्यक्ष ओलीले वर्तमान सरकार निर्वाचनबाट नभइ कुबाटोबाट आएकाले यसलाई प्रतिगमनकारी सरकार भन्नुपर्ने बताउनुभयो । शेरबहादुर देउवा नेतृत्वको सरकार बनेदेखि नै प्रतिगामीहरुको दादागिरी सुरु भएको पनि अध्यक्ष ओलीले बताउनुभयो ।