काठमाडैो,९ साउन – नेपाली कांग्रेसका पदाधिकारी बैठक बुढानिलकण्ठमा बसेको थियो ।बैठक पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा केहीबेर अघि सुरु भएको हो ।शुक्रबार बसेको पदाधिकारी बैठकमा क्रियाशील सदस्यता छानबिनको काम टुंगो लागिनसकेका कारण कार्यतालिका हेरफेरबारे छलफल भएको थियो । बैठकमा वडाको अधिवेशन ४ दिन पछाडि धकेलेर साउन १६ गर्ने र अन्य तहको अधिवेशन तोकिएको समयमा गर्नेबारे छलफल भएको हो । यो विषयमा आज टुंगो लाग्ने बताइएको छ ।कांग्रेसले यही साउन १२ गते गाउँपालिका तथा नगरपालिकाको वडा अधिवेशन गर्ने कार्यतालिका बनाएको थियो । तर‚ सदस्यता विवाद कायमै रहेकाले मिति सार्नेबारे छलफल भएको नेताहरुले बताएका छन् । बैठकमा अन्य समसामयिक विषयमा छलफल गरी स्पष्ट धारणा तय गर्नेछ । बैठकले धारणा बनाइसकेपछि केन्द्रीय कार्य समिति बैठक बोलाउने तयारी रहेको काँग्रैस निकट स्रोतले जनाएको छ ।आजको बैठकमा पार्टीको आसन्न १४औँ महाधिवेशनको कार्यतालिका हेरफेर गर्नेबारे छलफल भइरहेका बताइएको छ ।
कांग्रेसले यसअघि नै आगामी भदौ १६ देखि भदौ १९ गतेसम्म पार्टीको १४औँ महाधिवेशन सम्पन्न गर्ने र अन्य अन्य अधिवेशनको तालिका हेरफेर गर्ने निर्णय गरेको थियो