‘अनुशासन तपाईको पार्टीमा मात्र लाग्ने, अरुले जे गरेपनि हुने :नेता सुवास नेवाङ – Himalayan Dainik

‘अनुशासन तपाईको पार्टीमा मात्र लाग्ने, अरुले जे गरेपनि हुने :नेता सुवास नेवाङ


‘अनुशासन तपाईको पार्टीमा मात्र लाग्ने, अरुले जे गरेपनि हुने :नेता सुवास नेवाङ

काठमाडौं,८ साउन – नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेवाङले सत्तापक्षलाई कटाक्ष गर्दै आफ्नो पार्टीमा अनुशासन लाग्ने, आफ्नो पार्टी बाहिर अनुशासन नलाग्ने कस्तो संसदीय प्रणालीको विकास गर्न खोजेको भनी सत्तापक्षसँग प्रश्न गरेका छन् ।

प्रतिनिधि सभाको शुक्रबारको बैठकमा प्रतिपक्षका तर्फबाट सरकारलाई बधाई दिँदै नेवाङले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आफ्नो पार्टीको निर्णय चाहिने तर एमालेले पार्टीगत निर्णय गर्दा भने स्वतन्त्र सांसदको नाम झुन्ड्याइदिने भनी प्रश्न गरे ।

उनले भने, ‘सम्मानीय प्रधानमन्त्रीले राष्ट्रपति समक्ष प्रधानमन्त्रीमा दाबी गर्दै गर्दा त्यहाँ नेपाली कांग्रेसको निर्णयको चिठी प्रस्तुत गर्नुभएको छ । नेपाली कांग्रेस निर्णय गर्छ हाम्रो दलका तर्फबाट शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउँछौं । साह्रै राम्रो कुरा हो ।  त्यसैगरी, अर्कोपार्टी माओवादी केन्द्रको पनि हामी समर्थन गर्छौ भनेर चिठी लेख्नुभएको छ । यो संविधानको धारा उपधारा अनुरुप नै हो । तर त्यही निवेदनमा तपाईहकरुले अरु दलका सांसदहरुलाई भने स्वतन्त्र सांसदका रुपमा नाम झुड्याइदिनुभयो । यो कसरी मेल खायो ।

नेवाङले संसदीय प्रणालीमा सिस्टम भत्काउने काम वर्तमान सरकारले गरेको बताए । उनले भने,‘मैले विनम्रतापूर्वक यो कुरा उठाइरहेको छु, अन्यथा नलिनुहोला, सिस्टमका बारेमा कुरा गर्नका लागि अब यस बारेमा छलफल चलाऔं ।’

नेता नेवाङले एउटै नियम र पद्धति पनि आफ्ना र अर्कामा फरक हुनु कहाँसम्मको न्यायोचित हो भने प्रश्न गर्दै भने, ‘आफ्नो पार्टीभित्र भने अनुशासन चाहिने, आफ्नो पार्टीभन्दा बाहिर अनुशासन नचाहिने रु यो हो तपाईहरुको मान्यता रु’

संसदीय प्रणालीमा पार्टीको निर्णय सर्वोपरी हुने बताउँदै नेवाङले बहुदलीय संसदीय प्रणालीमा पार्टीको ह्वीप दलका सबै सांसदमा लाग्ने बताए । उनले भने, ‘आफ्नो पार्टीभित्र भने पार्टीले निर्णय गर्नुपर्ने रु तर आफ्नो पार्टी बाहिर भने पार्टीले होइन, अरु ढंगले निर्णय गर्नुपर्ने रु हामीले कस्तो बहुदलीय प्रतिस्पर्धालाई अपनाएका छौं रु हामीले अपनाएको संसदीय प्रणालीमा जसलाई हाम्रो बहुदलीय प्रतिस्पर्धाको प्रणाली भनिएको छ । यसको मूल्य र मान्यता के हो रु यसमा ह्वीप लाग्दैन ।