विश्वास नेपालले मनोरञ्जनको क्षेत्रमा कार्यरत श्रमिकको सशक्तिकरणका लागि श्रमिकको राष्ट्रिय भेला सम्पन्न – Himalayan Dainik

विश्वास नेपालले मनोरञ्जनको क्षेत्रमा कार्यरत श्रमिकको सशक्तिकरणका लागि श्रमिकको राष्ट्रिय भेला सम्पन्न


विश्वास नेपालले मनोरञ्जनको क्षेत्रमा कार्यरत श्रमिकको सशक्तिकरणका लागि श्रमिकको राष्ट्रिय भेला  सम्पन्न

काठमाडौँ, ५ साउन – विश्वास नेपालले मनोरञ्जनको क्षेत्रमा कार्यरत श्रमिकको सशक्तिकरणका लागि श्रमिकको राष्ट्रिय भेला र ३७ वटा जागरणमुलक कार्यक्रम सम्पन्न गरेको छ ।संस्थाले सम्मान परियोजना अन्तरगत भएका कामको प्रगति विवरण सार्वजनिक गर्दै सोकुराको जानकारी गराएको हो ।

हाम्रो सम्मान’ परियोजनामार्फत विश्वास नेपालले यस क्षेत्रमा कार्यरत श्रमिकहरूको राष्ट्रिय भेलाको आयोजना गरी ।।।मनोरञ्जनको क्षेत्रमा कार्यरत श्रमिकहरूको सञ्जालको गठन गरेको हो । परियोजना संयोजक विवेक शर्माले संस्थाले तालिम दिएर पठाएका यस क्षेत्रका श्रमिकले मनोरञ्जन क्षेत्रका व्यवसायी र श्रमिकको हित, काम र कर्तव्यका बारेमा देशभर ३७ वटा कार्यक्रम सम्पन्न गरेको, श्रमिकको देशव्यापी भेलाको आयोजना गरेर श्रमिकको राष्ट्रिय सञ्जालको गठन गरिएको बताउनुभयो ।

उहाँले संस्थाको मुख्य उद्देश्य भनेको यस क्षेत्रको रोजगारीलाई मर्यादित बनाउँदै श्रमिकको जीवन जोखिममुक्त बनाउन सशक्तिकरण गर्दै लैजाने लक्ष्यसहित विविध कार्यक्रम सञ्चालन भइरहेको बताउनुभयो । साथै कोरोनाले व्यवसाय ठप्प हुँदा त्यसबाट प्रभावित चारसय श्रमिक परिवारलाई राहत प्रदान गरिएको छ । दोहोरी साँझ, रेष्टुरेन्ट बार, पव, मसाज पार्लरलगायतका व्यवसायमा उपलब्ध रोजगारीलाई सम्मानित, मर्यादित बनाउन विश्वास नेपालले वि.स. २०६५ देखि श्रमिकलाई निरन्तर पैरवी, मनोपरामर्श, रचनात्मक क्रियाकलाप र अनुगमनसहित मिलन केन्द्रको अवधारणा पनि ल्याएको छ ।

संस्थाका कार्यकारी निर्देशक बालकुमारी आलेले विशेष गरी साँझदेखि रातको समयमा मात्र सञ्चालन हुने यस व्यवसायमा काम गर्ने श्रमिकलाई समाजले हेर्ने दृष्टिकोण परिवर्तन गराउन संस्थाले काम गरिरहेको बताउनुभयो । उहाँले रातको समयमा काम गर्नेलाई समाज, घरवेटी र आफ्नै घरपरिवारले पनि नस्वीकानेर्का रणले पहिचान लुकाएर पेट पाल्न वाध्य हुन्छन्, लुकेर काम गर्नुपर्दा कार्यस्थल र घरपरिवारमै श्रमिक हिंसामा धेरै पर्ने बताउनुभयो । कामको सम्मान हुनुप¥यो, चाहे दिउसो गर्ने होस् वा राती । रातको समयमा काम गर्दैमाश्रमिकलाई हेलाको दृष्टिकोणले नहेरौं भन्ने मान्यतालाई समाजमा स्थापित गर्नु संस्थाको लक्ष्य रहेको निर्देशक आलेको भनाई छ ।

 

त्यसैगरी संस्थाका अध्यक्ष तारा भण्डारीले देशभर आठ लाख जना श्रमिकले रोजगारी पाएको यस क्षेत्रलाई मर्यादित बनाउन सके वैदेशिक रोजगारीको नाममा नेपाली मानव बेचविखनमा पर्ने सम्भावनालाई घटाउन सकिन्छ भन्नुभयो । देशभित्रको रोजगारीलाई सम्मान नबनाउने, त्यहाँ काम गर्नेले सधैंको हेला होचो खेप्नुपर्ने र राज्यले पनि करोडौंको राजस्व उठ्ने क्षेत्रलाई वेवास्ता गर्नु दुःखलाग्दो पक्ष हो– अध्यक्ष भण्डारी भन्नुहुन्छ ।

हाल दुई वर्षदेखि कोरोना महामारीका कारण यस क्षेत्र ठप्प हुँदा श्रमिक र व्यवसायी दुई पक्ष धेरै मारमा परेको र उनीहरूसँग आश्रित परिवारले खान नपाउने अवस्थामा पुगेको पनि संस्थाले जनाएको छ । यस क्षेत्र सञ्चालनको लागि छुट्टै कार्यविधि आवश्यक छ भन्दै विश्वास नेपालले वकालत गर्दै गृहमन्त्रालयमा कार्यविधिको नमुना समेत पेश गरेको छ ।

तस्वीर ः प्रतिक थापा