एकै पटक पाँच ठाउँमा प्रधानन्यायाधिसको पुत्ला दहन – Himalayan Dainik

एकै पटक पाँच ठाउँमा प्रधानन्यायाधिसको पुत्ला दहन


एकै पटक पाँच ठाउँमा प्रधानन्यायाधिसको पुत्ला दहन

भक्तपुर, २९ असार – नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतको गृह जिल्ला भक्तपुरमा एकैपटक पाँच ठाउँमा प्रधानन्यायाधिस चोलेन्द्र समशेर जवराको पुत्ला जलाइएको छ ।

नेकपा एमालेको प्रभावशाली युवा संगठन राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटीको आयोजनामा आज साँझ गठ्ठाघर, दुधपाटी, कमलविनायक, बाखा बजार (भिमसेन चोक) ठिमीमा राँकेजु्लुससहित प्रधानन्यायाधिस जवराको पुत्ला जलाईएको छ । हिजो पनि संघको आयोजनामा अरनीको राजमार्गको मुख्य चोक सिर्जनानगरमा प्रधानन्यायाधिस जवराको पुत्ला जलाइएको थियो ।

विदेशीले घाँस देखाएको भरमा प्रधानन्यायाधिस जवराले वर्तमान व्यवस्थालाई ध्वस्त बनाई असंवैधानिक, निरंकुश, निर्दलीय कदम चाली नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई हटाई कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमाधेस जारी गरेसँगै संघ आन्दोलनमा उत्रिएको हो । तत्कालिन समयमा मुलुक र जनताको रक्षाको निम्ती संघका इन्चार्ज बस्नेतको नेतृत्वमा गठन गरिएको युथ फोर्सलाई आजदेखी नै व्युँताएको छ ।

सेट्रिङको भरमा सर्वोच्चले देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने फैसला गरेको आरोप लगाउँदै संघले दलाली, भ्रष्टाचारी, माफिया, राष्ट्रघाती, जनविरोधी प्रधानन्यायाधिस जवराको हर्कतलाई जनताले एक एक गरेर हिसाव किताव खोज्ने चेतावनी दिएको छ । मुलुकलाई अस्थिरताको बाटोमा लैजान खोज्ने तथा दोस्रो खिलराज बन्न खोज्ने चोलेन्द्रले सपना नदेख्न समेत संघले चेतावनी दिएको छ । प्रधानन्यायाधिस राणाले आफ्नो थर अनुसारको इतिहासलाई दोहोर्याउन खोजेको भन्दै उक्त दिवा सपना नदेख्न समेत चेतावनी दियो ।

संघका कार्यकताहरुले ‘चोलेन्द्र तेरो पाराले, दुःख पाए साराले’, ‘चोलेन्द्र चोर, अदालत छोड’, ‘अदालत डलरमा विक्न पाइँदैन, राष्ट्रघाती कदम चाहीँदैन’, ‘केपी ओली जिन्दावाद’, ‘संविधान मिच्न पाईदैन, राष्ट्रघाती कदम चाहिँदैन’, ‘वैदेशिक हस्तक्षेप मुर्दावाद’, ‘विदेशी दलाल होसियार’ लगायतका नाराहरु लगाईएको छ ।