सभापति देउवाद्वारा तीन दलको बैठक आह्वान – Himalayan Dainik

सभापति देउवाद्वारा तीन दलको बैठक आह्वान


सभापति देउवाद्वारा तीन दलको बैठक आह्वान

काठमाडौँ, २८ वैशाख – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ सरकार गठन गर्न तीन दलको बैठक बोलाउनुभएको छ ।

देउवाले कांग्रेसका शीर्ष नेता, नेकपा माओवादी केन्द्र, जसपालगायत दलहरूका शीर्ष नेतालाई छलफलका लागि बोलाउनुभयो । देउवा निवास बुढानिलकण्ठमा आज दिउँसो २ बजे बैठक बस्न लागेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधि सभामा विश्वासको मतको प्रस्ताव राख्दा उहाँको पक्षमा ९३ मतमात्रै आएको थियो । विश्वासको मत नपाएपछि स्वतस् प्रधानमन्त्री ओली पदमुक्त हुनुभएको छ । ओलीलाई बहुमत पुर्‍याउन १३६ सांसद चाहिन्थ्यो । १२१ सांसद भएको नेकपा एमालेका सबै सांसदले ओलीलाई मत दिनुभएन । ओलीको विपक्षमा १२४ मत आएको थियो भने जसपाको महन्थ ठाकुर पक्षका १५ जना तटस्थ बस्नुभएको थियो ।