काठमाडौँ, १८ वैशाख – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल यस नर्भिक अस्पतालमा भर्ना भएका छन् । शनिबार साँझदेखि अस्पतालमा भर्ना भएका उनलाई कोरोना संक्रमण भएको अस्पतालले जनाएको छ ।
उनलाई अहिले अस्पतालमा अक्सिजनको सामान्य सपोर्टमा राखेर उपचार भइरहेको अस्पतालका प्रमुख–कर्पोरेट कम्युनिकेसन अधिकारी सोमनाथ बास्तोलाले जनाएका छन् । त्यस्तै उनको बाँकी स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।