निषेधाज्ञामा पेट्रोल पम्प खुलै रहने : नेपाल आयल निगम – Himalayan Dainik

निषेधाज्ञामा पेट्रोल पम्प खुलै रहने : नेपाल आयल निगम


निषेधाज्ञामा पेट्रोल पम्प खुलै रहने : नेपाल आयल निगम

काठमाडौँ,१८ वैशाख – निषेधाज्ञाका समयमा गुड्ने अत्यावश्यक क्षेत्रका सवारी साधनलाई सहजै पेट्रोलियम पदार्थ उपलब्ध गराउने उद्देश्यले काठमाडौँ उपत्यकाभित्र रहेको पेट्रोलपम्प खुला रहने भएका छन्।

नेपाल आयल निगमले निषेधाज्ञाको समयमा पेट्रोलियम पदार्थ सहज र सरल रूपमा बिक्री वितरण गर्न काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लामा रहेका पेट्रोल पम्प खुला रहने जनाएको छ। उपत्यकामा पेट्रोलियम पदार्थको आपूर्तिलाई सहज बनाउन थानकोटस्थित वाग्मती प्रादेशिक कार्यालय खुला रहेको पनि निमगका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए। रासस