पूर्वरानी कोमल शाह आईसीयूमा – Himalayan Dainik

पूर्वरानी कोमल शाह आईसीयूमा


पूर्वरानी कोमल शाह आईसीयूमा

काठमाडौँ, १६ बैशाख – कोरोना भाइरसबाट सङ्क्रमित पूर्वरानी कोमल शाहलाई आईसीयूमा राखेर उपचार थालिएको छ ।

शरीरमा अक्सिजनको मात्रा निकै कम भएपछि ‘हाई–फ्लो अक्सिजनको सपोर्ट’ मा आईसीयूमा राखिएको नर्भिक अस्पतालका प्रवक्ता सोमनाथ बास्तोलाले जानकारी दिए । पूर्वराजा ज्ञानेन्द्र शाह र छोरी प्रेरणाको भने स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।