पीसीआर परीक्षणमा तोकिएको भन्दा बढी शुल्क नलिन स्वास्थ्य मन्त्रालयको चेतावनी – Himalayan Dainik

पीसीआर परीक्षणमा तोकिएको भन्दा बढी शुल्क नलिन स्वास्थ्य मन्त्रालयको चेतावनी


पीसीआर परीक्षणमा तोकिएको भन्दा बढी शुल्क नलिन स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौँ, १४ वैशाख । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पतालहरूलाई पीसीआर परीक्षण गर्दा तोकिएको भन्दा बढी शुल्क नलिन चेतावनी दिएको छ ।

सरकारले कोरोना सङ्क्रमण पहिचानको लागि पीसीआर परीक्षण गर्दा सरकारी अस्पतालमा एक हजार र निजी अस्पतालमा दुई हजार रुपैयाँ शुल्क तोकेको छ ।

यदि कसैले तोकिएको भन्दा बढी शुल्क लिएमा पीसीआर परीक्षणको सूचीबाटै हटाउने चेतावनी समेत मन्त्रालयले दिएको छ ।