प्रधानमन्त्री ओली र नेता माधवकुमार नेपालको भेटवार्तावार्ता सकियो – Himalayan Dainik

प्रधानमन्त्री ओली र नेता माधवकुमार नेपालको भेटवार्तावार्ता सकियो


प्रधानमन्त्री ओली र नेता माधवकुमार नेपालको  भेटवार्तावार्ता सकियो

काठमाडौँ, ८ वैशाख – नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीचको भेटवार्ता सकिएको छ ।

वुधबार साँझ मेरियट होटलमा उनीहरुबीच भेटवार्ता भएको हो । भेटवार्ता सकेर दुवै नेताहरु बाहिरिएका छन् । उनीहरुबीच के के कुराकानी भयो भन्नेबारे केही खुलेको छैन । दुवै जनाले सञ्चारकर्मीलाई प्रतिक्रिया दिन चाहेनन् । उनीहरुबीच करिब डेढ घण्टा वार्ता भएको थियो ।

दुवै हँसिलो मुद्रामा बाहिर निस्केका कारण छलफल सकारात्मक भएको अनुमान गरिएको छ भने प्रधानमन्त्री ओलीका आर्थिक सल्लाहकार मोतीलाल दुगडले वार्ता सकारात्मक भएको बताए ।