इन्डोनेसियाको सुमात्रा सामुद्रिक किनारामा भूइँचालो – Himalayan Dainik

इन्डोनेसियाको सुमात्रा सामुद्रिक किनारामा भूइँचालो


इन्डोनेसियाको सुमात्रा सामुद्रिक किनारामा भूइँचालो

ऐजेन्सी,७ वैशाख – इन्डोनेसियाको सुमात्राको पश्चिमी किनारामा रहेको नियास टापू नजिक ६ सीको भूइँचालो गएको छ ।

अमेरिकाको भूगोल गतिविधिसम्बनधी अध्ययन गर्ने नियोग जिओलजिकल सर्भेले जानकारी दिँदै यो कम्पन १० किलोमिटर गहिरो रहेको जनाएको छ ।नियास टापूको पश्चिमी किनाराको १२९ किलो मिटरको क्षेत्रलाई हल्लाइ दिएको अमेरिकी नियोग युएसजीएसले जनाएको छ ।

ठिक यही बेला इन्डोनेसियाको जलतथा मौसम विज्ञानसम्बनधी नियोग बीएमकेजीले सुनामी आउने जोखिम तत्काल नभएको जानकारी दिएको छ । ६.४ परिमाणको सुरुआती भूइँचालो गएको र यसको कम्पनी फेरि फेरि आउन सक्ने भएकाले स्थानीयहरूलाई इन्डोनेसियाली नियोगले सचेत गराएको छ ।

केही दिन अघि मात्रै इन्डोनेसियाको मुख्य टापू जाभामा ६ परिमाणको भूइँचालो जाँदा कम्तीमा ८ जनाको मृत्यु भएको थियो भने १ हजर ३ सय भन्दा बढी भवनलाई क्षति पु¥याएको थियो । त्यो भूँइचालो यो भूँइचालोको भन्दा धेरै गहिरो ८२ किलोमिटर तल थियो ।