बुटवल, ६ बैशाख – लुम्बिनी प्रदेश सरकारमा थपिएका नया चार जना मन्त्रीले सपथग्रहण लिएका छन ।
जनता समाजवादी पार्टी (जसपा)का सांसद विजय यादव, सन्तोष पाण्डे, कल्पना पाण्डे र सुमन रायमाझीलाई एक समारोहका बीच प्रदेश प्रमुख धर्मनाथ यादवले पद तथा गोपनियताको सपथग्रहण गराएका हुन।