काठमाडौँ, ६ बैशाख – लुम्बिनी प्रदेशमा नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
दुई जना नेकपा माओवादी केन्द्रका सांसदले राजीनामा पनि दिएका छन्। माओवादी केन्द्रका कुलप्रसाद केसी र सुदर्शन बरालले सोमबार मुख्यमन्त्री कार्यालयमा राजीनामा पत्र दिएका हुन् । दुबै मन्त्रीले संयुक्त रूपमा राजीनामा पत्र बुझाएका छन् ।
केसीलाई भावी मुख्यमन्त्रीमा प्रस्तावसमेत गरिएको छ । उनी आन्तरिक मामिला मन्त्री थिए । यस्तै सामाजिक विकास मन्त्री बराल थिए ।