जुनसुकै बेला निर्वाचन हुन सक्छ, तयारी रहनुस्ः प्रधानमन्त्री ओली – Himalayan Dainik

जुनसुकै बेला निर्वाचन हुन सक्छ, तयारी रहनुस्ः प्रधानमन्त्री ओली


जुनसुकै बेला निर्वाचन हुन सक्छ, तयारी रहनुस्ः प्रधानमन्त्री ओली

काठमाडौँ, ६ वैशाख – प्रधानमन्त्री केपी शर्मा ओलीले जुनसुकै बेला पनि निर्वाचन हुन सक्ने बताएका छन् ।

सोमबार बालुवाटारमा बसेको नेकपा एमालेको बैठकमा अध्यक्ष समेत रहेका ओलीले आफ्ना नेता कार्यकर्ताहरुलाई  जुनसुकै बेला निर्वाचन हुने बताउँदै तयारी अवस्थामा बस्न निर्देशन दिएका हुन् ।

बैठकमा अध्यक्ष ओलीले पेश गरेको राजनीतिक प्रतिवेदन सुझावसहित पास भएको छ ।

ओलीको प्रतिवेदनमा वर्तमाान राजनीतिक अवस्थाबारे व्याख्या गर्दै पार्टी एकीकरण केही व्यक्तिका कारण असफल भएको निश्कर्ष निकालिएको छ ।

त्यस्तै सरकारका ३ वर्षे कामको समीक्षा पनि ओलीको प्रतिवेदनमा उल्लेख छ । जसमा तीन वर्षमा सरकारले महत्त्वपूर्ण काम गरेको दावी गरिएको छ ।

‘कुनैपनि बेला निर्वाचनमा जानुपर्ने भएकाले तयार रहन अध्यक्षले निर्देशन दिनुभएको छ’, बैठकका निर्णय सुनाउँदै प्रवक्ता ज्ञवालीले जानकारी दिए ।