गण्डकी प्रदेशमा बैशाख ७ गते सार्वजनिक विदा – Himalayan Dainik

गण्डकी प्रदेशमा बैशाख ७ गते सार्वजनिक विदा


गण्डकी प्रदेशमा  बैशाख ७ गते सार्वजनिक विदा

काठमाडौँ,५ वैशाख – गण्डकी प्रदेशमा  बैशाख ७ गते चैते दशैं परेकोले सो अवसरमा प्रदेश सरकारले सार्वजनिक विदा दिएको हो ।

सूचना अनुसार चैत १७ गते बसेको मन्त्रिपरिषद्को बैठकले चैते दशैंसहित ५ चाडपर्वमा विदा दिने निर्णय गरेको हो । प्रदेश सरकारले मंगलबार सबै सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थाहरुमा सार्वजनिक विदा दिएको हो ।

प्रदेश सरकारले चैते दशैंसहित ईद, तमुल्होसार, सोनाम ल्होसार र ग्याल्बो ल्होसारमा पनि विदा दिएको छ ।