काठमाडौँ, ४ बैशाख – उपप्रधानमन्त्री ईश्वर पोखरेल संयोजक रहेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठक बस्दैछ ।
शनिबार दिउँसो २ बजेपछि सिंहदरबारमा बस्ने बैठकमा बढ्दो कोरोना भाइरस संक्रमण र त्यसको रोकथाम तथा अपनाउनुपर्ने रणनीतिबारे छलफल हुने बताइएको छ । यस्तै विद्यालय बन्द गर्ने वा नगर्ने भन्नेबारे पनि बैठकमा छलफल हुने बताइएको छ ।
सिसिएमसीका सचिव खगराज बरालले बैठक स्वास्थ्य मन्त्रालयको विद्यालय बन्द गर्ने विषयको छलफलमा केन्द्रित रहने जानकारी दिनुभयो । स्वास्थ्य मन्त्री हृदयश त्रिपाठीले कम्तीमा ३० दिन विद्यालय बन्द गरिनुपर्ने बताउँदै आउनुभएको छ ।