भारतको राँचीमा सडकमै दाहसंस्कार – Himalayan Dainik

भारतको राँचीमा सडकमै दाहसंस्कार


भारतको राँचीमा सडकमै दाहसंस्कार

काठमाडौं ,३० चैत – पछिल्ला १० दिनमा भारतको राँचीमा कोरोनाका कारण मृत्यु हुनेको संख्या अचानक बढ्न थालेपछि शव जलाउनका लागि ठाउँको अभाव हुन थालेको हो । आईतवार ६० जनाको शवको दाहसंस्कार भएको र यी मध्ये १२ शव कोरोना संक्रमितको रहेको बताइएको छ ।

मानिसले शव जलाउनको लागि धेरै समय कुरे पनि पालो नआएपछि उनीहरुले पार्किङ वा हिँड्ने सडकमै शव राखेर जलाएका हुन् ।यी सबैको दाहसंस्कार सामूहिक चिता बनाएर गरिएको हो । भारतमा आईतवार अहिलेसम्मकै सबैभन्दा धेरै १ लाख ६९ हजार ९१४ जनालाई कोरोना संक्रमण भएको थियो भने ९०४ जनाको निधन भएको छ ।

भारतमा अहिलेसम्म  १ लाख ७० हजार मानिसको ज्यान गएको छ ।