सिटिजन्स बैंकका ग्राहकले किङ्गस लाउञ्जमा विशेष छूट प्राप्त गर्ने – Himalayan Dainik

सिटिजन्स बैंकका ग्राहकले किङ्गस लाउञ्जमा विशेष छूट प्राप्त गर्ने


सिटिजन्स बैंकका ग्राहकले किङ्गस लाउञ्जमा विशेष छूट प्राप्त गर्ने

काठमाडौं, ३० चैत – सिटिजन्स बैंकका कार्डवाहक ग्राहकलाई विशेष छूट दिने उद्देश्यसहित सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र दरबारमार्गस्थित किङ्गस लाउञ्जबीच सम्झौता भएको छ ।

यो सम्झौतासँगै सिटिजन्स बैंकका कार्डबाहक ग्राहक लाभान्वित हुने विश्वास बैंकले लिएको छ । हालसम्म सिटिजन्स बैंकको कार्ड नभएका ग्राहकहरुलाई तत्कालै नयाँ कार्ड उपलब्ध गराउन बैंकले इन्स्ट्यान्ट कार्डको व्यवस्था पनि गरेको जनाएको छ ।

साथै बैकले हालै यूएसडी ई–कमर्श कार्डको सुरूवात पनि गरेको छ । जस अन्तर्गत ग्राहकहरुले आफ्नो सिटिजन्स बंैैकको खातामा रहेको नेपाली रुपैयाँलाई सटही गरी बार्षिक ५०० अमेरिकी डलर बराबरसम्मको रकम कार्डमा लोड गर्न सक्ने छन् । यसरी लोड गरिएको रकम बिदेशी मुद्रामा अनलाइनमार्फत वस्तु तथा सेवा खरिद बापतको भुक्तानी गर्न प्रयोग गर्न सक्ने छन् ।

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १६७ वटा शाखा, ११३ वटा एटीएम र १०७ वटा शाखारहित बैंकिङ्ग ईकाईहरुबाट करिब साढे नौ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । सिटिजन्सले नवीनतम प्रविधिको अधिकतम प्रयोग गर्दै आफ्ना ग्राहकहरुको वित्तीय आवश्यकताहरु डिजिटल च्यानलको माध्यमबाट प्रदान गरिरहेको जनाएको छ ।