मोबाइलबाटै तिर्न सकिने ट्राफिक जरिवाना – Himalayan Dainik

मोबाइलबाटै तिर्न सकिने ट्राफिक जरिवाना


मोबाइलबाटै तिर्न सकिने ट्राफिक जरिवाना

काठमाडौँ,२८ चैत – महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियम उल्लंघन गरेबापत तिर्नुपर्ने जरिवाना रकम अनलाइन मार्फत भुक्तानी गर्ने प्रणालीको विस्तार गरेको हो ।

आज शुक्रवारदेखि आफ्नै बैंक खाताबाट सिधै जरिवाना तिर्न सकिने गरि सेवा विस्तार गरेको महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिनुभयो ।
यस अघि नै अनलाईन सेवा प्रदायक संस्थाहरुबाट सिधै ट्राफिक जरिवाना भुक्तानी शुरु भैसकेको छ । योसँगै आम सवारी चालकहरुलाई जरिवाना तिर्न बैंकमा लाइन बस्नुपर्ने, लामो समय व्यर्थ खर्चिनुपर्ने बाध्यताको अन्त्य हुने र ट्राफिक कार्यालयमा हुने भिडभाडमा समेत कमी आउने उहाँले बताउनुभयो ।ट्राफिक महाशाखाले ट्राफिक जरिवाना रकम ट्राफिक भ्वाइलेसन रेकर्ड सिस्टम (टीभीआरएस), नेपाल सरकारको राजश्व व्यवस्थापन सुचना प्रणाली (आरआईएमएस) र सेवा प्रदायक संस्थाहरु वीचमा आबद्ध भइ रियल टाइममा सम्बन्धित बैकंको खाता मार्फत भुक्तान हुने गरि सिस्टम संचालन गरेको महाशाखाले जनाएको छ ।

शुक्रवारदेखि थप ४५ वटा बैंक तथा बित्तिय संस्था र ७ वटा अनलाईन भुक्तानी सेवा प्रदायक संस्थाहरुबाट सिधै ट्राफिक जरिवाना भुक्तानी गर्न सकिने महाशाखाले जनाएको छ ।