सुनसरी २९ वैशाख – स्थानीय सरकारले दिएको राहत सकिएकाले केही दिनदेखी भोकै रहेका सुनसरीको इनरुवा ९ बबियाका मुसहर तथा विपन्न परिवारलाई यूएसमा बस्दै आउनुभएका दानबीर कानुन चौधरीले राहत वितरण गर्नुभएको छ।
लामो लकडाउनको बेला दैनिक जनमजदुरी गरी खानेहरुलाई हातमुख जोड्न समस्या भएको वडाले दिएको १० केजी राहत सकेर हप्तादेखी भोकै बसिरहेकाहरुलाई राहत वितरण गर्नुभएको हो । चौधरीले युएसबाट पठाउनुभएको करिव दुई लाख ५० हजार रुपियाँ बजारको राहत आफ्नो जन्मथलो सुनसरीको इनरुवा ९ बबियाका स्थानीयहरुलाई वितरण गर्नुभएको हो । चौधरीले बुवा स्व.बुद्धिलाल चौधरी, आमा स्व.रोजनी थरुनीको नामबाट राहत वितरण गर्नुभएको हो ।
इनरुवा नगरपालिकामा उदाहरणी रुपमा भोको पेटका लागि बास्तवीक पिडितहरुलाई खोजेर राहत वितरण गरेको छ । सुकुम्बासी, जनमजदुरी गर्ने र विपन्न घरपरिवारलाई चौधरीले पठाएको रकमबाट दाजुभाई भुनेश्र चौधरी, किसोर चौधरी, बैहीनी सिता र गिता चौधरीले आफ्नै घरबाट राहत वितरण गरिएको हो ।
नगरपालिकालाई राहत हस्तान्तरण गर्दा राहत वितरण ढिलो हुने भएकाले व्यक्तिगत रुपमै घरबाटै राहत वितरण गरेको कानुन चौधरीकी बैहीनी सिता चौधरीेले जानकारी दिनुभयो । इनरुवा ९ का एक सय ५० परिबारलाई २५ किलो चामल, १ प्याकेट नुन र १ लिटर खाने तेल सहितका राहत वितरण गरिएको चौधरीले जनकारी दिनुभयो । राहत लिन आएका स्थानीयहरु भोकै बसेको बेला राहत पाएपछि खुशी ब्यक्त गर्दै दातालाई धन्यवाद ज्ञापन गरेको स्थानीय विनोद चौधरीले जनकारी दिनुभयो ।
केही दिनदेखी भोकै रहेका सुनसरीको इनरुवा ९ बबियाका मुसहर तथा विपन्न परिवारलाई यूएसमा बस्दै आउनुभएका दानबीर कानुन चौधरीको रकमबाट उहाँका बहिनीहरुले राहात वितरण गर्नुभयो । जयकृष्ण यादव