नयाँदिल्ली ,२८ वैशाख – नेपालको परराष्ट्र मन्त्रालयले जारी गरेको लिपुलेकमा भारतले बनाएको सडकखण्डको उद्घाटनसम्बन्ध प्रेस विज्ञप्तिमा ध्यानाकर्षण भएको जनाएको छ । भारतले उक्त सडकखण्डमा नयाँ बाटो बनाएको नभई पुरानो बाटोलाई नै मर्मत गरि उद्घाटन गरिएको जनाएको छ ।
नेपाल र भारतबीचको सीमाका बारेमा भारत कुटनीतिक हिसाबले वार्ता गर्न तयार रहेको पनि जनाइएको छ । साथै कोरोना संक्रमणको महामारीपछि दुवै देशका विदेश सचिवहरु बसेर थप छलफल गर्न सकिने पनि भारतले जनाएको छ ।
विज्ञप्ति