लायन्स क्लब अफ गुल्मोहर काठमाडौँद्धारा ४० औं दिनसम्म पनि राहत वितरणमा निरन्तरता – Himalayan Dainik

लायन्स क्लब अफ गुल्मोहर काठमाडौँद्धारा ४० औं दिनसम्म पनि राहत वितरणमा निरन्तरता


लायन्स क्लब अफ गुल्मोहर काठमाडौँद्धारा ४० औं दिनसम्म पनि राहत वितरणमा निरन्तरता

काठमाडौँ, २८ वैशाख – लायन्स क्लब अन्तराष्टिय डिस्टिक ३२५ बी १ अन्तरर्गत लायन्स कलब अफ काठमडौँ गुल्मोहरका संस्थापक अध्यक्ष लायन सन्दिप पराजुली लायन्सहरुमा चिरपचित नाम हो । उहाँ एक समाजसेवकका साथै सफल व्यवसायि पनि हुनुहुन्छ । विश्वमा मानव समाजको हितका लागि निस्वार्थ भावनाले सेवा दिन संस्था लायन्स क्लब अन्तराष्टिय संस्थामध्ये पुरानो संस्था हो । सन २०१५ मा लायन्स क्लब अफ काठमाडौँ गुल्मोहरका संस्थापक अध्यक्ष लायन पराजुरी मानव सेवाको क्षेत्रमा अग्रसर हुदै डिस्टिको जोन र रिजन चियर पर्सनको जिम्मेवारी सफता पूर्वक समालि सक्नु भएको छ ।

हाल कोरोना भाइरसका कारण विश्व नै लकडाउनको अवस्थामा गुज्रिरहेको छ । यसबाट नेपाल पनि अछुतो रहन सकेन । नेपालमा पनि कोरोना भाइरसको संक्रमणलाई न्युनिकरण गर्न सरकारले २०७६ चैत ११ गतेदेखि लकडाउन शुरु गरेको छ । लकडाउनको समयमा दैनिक ज्याला मदजुरी गरेर दैनिक गुजारा गरिहेकाहरुको अहिले समस्यामा परेको देखेपछि जहाँ आवश्यकता त्यहाँ लायन्स भन्ने मुल नारा सहित लायन्स क्लब अफ काठमाडौँ गुल्मोहरका संस्थाप अध्यक्ष पराजुलीको संयोजनमा, क्लबका अध्यक्ष अनिलराज भण्डारी साथै क्लबका सम्पूर्ण सदस्यहरु लागि पर्नु भएको छ । यो लकडाउनको ४० औ दिनसम्म लायन पराजुली सहितको टोलिले आठ लाख बराबरको राहात समाग्री घर घर र टोल टोलमा पुगेर वितरण गर्नुभएको छ ।

 

४० औं दिनसम्म आइपुग्दा आठ समय घरमापुगेर २६ सय परिवारलाई खाद्यन्य वितरण गर्नुभएको छ । यो कार्यक्रम एभिज्युज च्यानलसँग मिलेर गरिरहेका छ । यस कार्यक्रमको उदेश्य भनेको लकडाउन अबधिभरको लागि मात्र हो । यो लकडाउनले गर्दा मानिसहरुले कामगर्न पाएका छैनन । जस्को घरमा चुलो बाल्न समस्या भएको छ उनीहरुको लागी सहयोग गर्ने हिसाबल अगाडि बढेको हो । लकडाउन शुरुभएको ६ दिनपछि शुरु गरेको राहत वितरण कार्यक्रम अहिलेसम्म पनि जारी नै रहेको छ ।

लायन्स क्लव गुलमोहर परिवारको सहयोगमा पहिलो दिन ४० पोका राहात लिएर निक्सकेका थियो भने पछिल्लो समयमा अन्य दाताहरुको पनि क्बलसँग आवद्ध हुनुभएको छ । राहात बाढ्ने क्रममा भेटिएको दुखको क्षणहरु सम्झिदा आखाँबाट आँसु नै आएको कुरा बताउँनु हुन्छ लायन पराजुली । आमाले आफ्नो दुई महिननको बच्चालाई तातोपानीमा नुन घोलेर खुवाएको र कुनै कुनै घरमा बच्चाहरुलाई कयौ दिन देखि दालमोट र चिउरा खुवाएको पनि भेट्नु भएको सुनाउनु हुन्छ ,  लायन पराजुली ।

देशभर नै लायन्सहरुको चेन छ । हामि नै सबै ठाउमा पुग्नु पर्छ भन्ने छैन । बेनिमा एउटा समस्या आएको थियो । बेनीमा साथि हुनु हुन्थ्यो चन्द्र केसी उहाँको टोलिबाट त्यहाँको समस्या समाधान भएको थियो र विरगंजमा पनि समस्या आएको थियो त्यहाँ पनि लायन लिडर संजय खेतानले समस्या समाधन गर्नु भयो । नेपालमा लायन्सको ठूलो लहरो छ । जुनसुकै ठाउँमा पनि समस्या परेको छ भने त्यो ठाउँमा लायन्सबाट सहयोग हुन्छ ।

औषधि पनि उपलब्ध गराउन सक्छौं र क्लबले रात्री कालिन व्यावसाय गर्नेहरुलाई पनि सहयोग गरिसकेका छ ।त्यस्तै प्रेस युनियनका केही पत्रकारहरुलाई पनि सहयोग गरेको बताउनु भयो । आवरश्य परेकालाई क्लबले सहयोग गरेको बताउनु भयो लायन पराजुलीले ।