लकडाउनसंग हार नमान्नुस् : बेलायती महारानी एलिजाबेथ – Himalayan Dainik

लकडाउनसंग हार नमान्नुस् : बेलायती महारानी एलिजाबेथ


लकडाउनसंग हार नमान्नुस् : बेलायती महारानी एलिजाबेथ

एजेन्सी, २७ वैशाख – बेलायती महारानी एलिजाबेथ द्धितीयाले एक टेलिभिजन सन्देश दिदै लकडाउनसंग बेलायती नागरिकलाई हार नमान्न र कहिले निराश पनि नबन्न आग्रह गरेकी छिन् ।

बेलायतले ८ मे मा युरोपमा दोस्रो विश्वयुद्ध अन्त्य भएको दिन भएकोले युरोपको विजय दिवसको ७५ औँ वार्षिकोत्सव मनाउनेक्रममा सन्देश जारी गर्दै महारानी एलिजाबेथ यस्तो आग्रह गरेकी हुन् ।

विन्ड्सोरबाट ९४ वर्षीया बेलायती महारानी एलिजाबेथले सन १९४५ सालमा दोस्रो विश्वयुद्धको अन्त्य भएको त्यो दिनको रमणीय दृश्यहरुसंग आजको लकडाउनलाई तुलना गरेर रमाइन् । उनले आज सडकहरु खाली नभएको भन्दै प्रेम र एक अर्कालाई हेरचाहा गरिहेको बताइन् । उनले फेरि जोड दिदै हरेस नखानुहोस् हिम्मत नहार्नुहोस भन्दै त्यो नै युरोपको विजय दिवसको सन्देश रहेको जनाइन् ।