आइतबारबाट सरकारी कर्मचारीलाई कार्यालयमा उपस्थित हुन निर्देशन, कार्यालय खुल्ने – Himalayan Dainik

आइतबारबाट सरकारी कर्मचारीलाई कार्यालयमा उपस्थित हुन निर्देशन, कार्यालय खुल्ने


आइतबारबाट सरकारी कर्मचारीलाई कार्यालयमा उपस्थित हुन निर्देशन, कार्यालय खुल्ने

काठमाडौं, २७ वैशाख – सरकारले काठमाडौं उपत्यकाका सबै सरकारी कार्यालयहरु खुल्ने भएका छन् ।

सरकारले पछिल्लो पटकको मन्त्रीपरिषद् बैठकबाट लकडाउनकाे माेडालिटीमा सामान्य परिवर्तन गरेसँगै  अधिकांश क्षेत्रका सेवा सन्चालनको निर्णय गरेसँगै आइतबारबाट काठमाडौं उपत्यकाका सबै सरकारी कार्यालयहरु पूर्ववत रुपमा सन्चालन हुने भएको हो ।

कोरोना संक्रमण रोकथामका लागि सरकारले गत चैत ११ गतेदेखि लकडाउन घोषणा गरेसँगै धेरैजसो सरकारी कार्यालयहरुको सेवा प्रवाह प्रभावित हुँदै आएको छ । सरकारी कार्यालयहरुले आइतबारदेखि नियमित काममा हाजिर हुन आफ्ना कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।