विश्वभरि संक्रमितको संख्या ४० लाख नाघ्यो, अमेरिकामा १३ लाख बढी संक्रमित – Himalayan Dainik

विश्वभरि संक्रमितको संख्या ४० लाख नाघ्यो, अमेरिकामा १३ लाख बढी संक्रमित


विश्वभरि संक्रमितको संख्या ४० लाख नाघ्यो, अमेरिकामा १३ लाख बढी संक्रमित

काठमाडौं, २७ वैशाख – अमेरिकामा संक्रमितको संख्या १३ लाख २१ हजार नाघेको छ । त्यस्तै मृत्यु हुनेको संख्या पनि ७८ हजारभन्दा बढी पुगेको छ । विश्वकै एक तिहाई संख्यामा अमेरिकामा संक्रमित संख्या देखिएको हो । अमेरिकामा १३ लाख २१ हजार ७ सय ८५ जनालाई कोरोना संक्रमण देखिएको तथ्यांक सार्वजनिक भएको छ ।

त्यस्तै हालसम्म विश्वभरी २ लाख ७६ हजार २ सय १५ जनाको मृत्यु भएको छ । र मृतकमा पनि सबैभन्दा धेरै अमेरिकामा नै पुगेको छ । अमेरिकामा हालसम्म ७८ हजार ६ सय १५ पुगेको छ ।

पछिल्लो तथ्यांक अनुसार विश्वभर संक्रमितको संख्या ४० लाख १२ हजार ७ सय ७० पुगेका छन्।