सेयर बजार मंगलबारदेखि खुल्ने – Himalayan Dainik

सेयर बजार मंगलबारदेखि खुल्ने


सेयर बजार मंगलबारदेखि खुल्ने

काठमाडौँ, २६ वैशाख – सेयर बजार (नेप्से) मंगलबारदेखि खुल्ने भएको छ । नेप्सेका प्रवक्ता मुराहरि पराजुलीका अनुसार आगामी मंगलबारदेखि सेयर कारोबार हुने भएको छ । बिहान ११ बजेदेखि १ बजेसम्म कारोबार हुने र सर्किट ब्रेकरमा सामान्य परिवर्तन गरिएको छ ।

दुई घण्टा खुल्ने बजार २ प्रतिशत घटबढ हुनेवित्तिकै सर्किट लाग्नेछ र त्यस दिनका लागि कारोबार पनि बन्द हुनेछ । ब्रोकर कम्पनीलाई भीड नहुनेगरी सेवा प्रवाह गर्न नेप्सेले आग्रह गरेको छ ।