काठमाडौँ,२५ वैशाख – सांसद सुरेन्द्र कुमार यादवले काठमाडौँबाट संगसंगै गएका र संगसंगै फर्केका पूर्वसमाजवादी पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरिया विरुद्ध भने अपहरणको मुद्दा दर्ता गरेनन् । विशेषगरी सांसद यादवलाई महोत्तरी लिन जाऔं भन्ने मुख्य व्यक्ति अरगरिया रहेको तथ्य खुलिसकेको छ ।
यो घटना अपहरण मान्ने हो भने ‘जनता समाजवादी पार्टीका सांसद सुरेन्द्र यादवलाई लिन काठमाडौँबाट महेश बस्नेत, किसान श्रेष्ठ, सर्वेन्द्र खनाल र नविन बस्नेतसँगै गएका र छलफल गरेर सँगै काठमाडौँ फर्केका सुरेन्द्र यादवकै पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरिया किन अपहरणकारी भएनन् रु’ सांसद सुरेन्द्रका ब्यक्तिगत सुरक्षा अधिकृतलाई किन बिपक्षी बनाइएन रु बर्दिबासबाट प्रदेशमा आफ्नो भूमिका खोज्दै संगै आएका प्रदेश सांसद कौशल यादव किन अपहरणकारी बनाइएन रु मेरियट होटलमा घण्टौ छलफल गरेकी सांसद कल्लुदेबी बिकको बारेमा सांसद सुरेन्द्र किन मौन छन रु यी प्रस्नहरुको जबाफ सांसद सुरेन्द्र यादवसंग छैन भन्ने कुरा जाहेरीमा उल्लेख नभएको बाटै पुष्टी हुन्छ ।
आफ्नै पार्टीका सचेतक गएर छलफल गरेर सँगै काठमाडौँ आएको घटनालाई अपहरण भन्दै प्रचारवाजी गरिनुले उनीहरुको राजनीतिक इमान्दारितामा प्रश्नचिन्ह खडा भएको छ । ‘यो अपहरण भन्दा पनि आफ्ना सचेतकले आफ्ना सांसदलाई छलफल गरेर सँगै काठमाडौँ आएको घटना हो । राजनीतिक सहकार्यको सम्भावनालाई मूर्तरुप दिन गरिएको यात्रा मात्र हो । कुरा मिले पिरति नमिले जबर्जस्ति भनेको जस्तै भएको देखिन्छ ।
नेकपाको सांसदहरु सहित समाजवादी पार्टीको सचेतक पनि आफ्ना साँसदसँग छलफल गर्नसँगै काठमाडौँबाट जानु भएको तथ्य वाहिर नआएकोले कतिपयलाई नियोजित भ्रमले गर्दा आशंकित र चिन्तित पारेकोमा अव जो साँसद अपहरित भएका भनिएको थियो उनी महोत्तरीबाट काठमाडौं उनकै दलका प्रमुख सचेतक, प्रदेश शभा सांसद कौशल यादव, उनका भिनाजु, पिए तथा भान्जा राजिब यादब र द्राइभर सहित ७ जनाको टोलि संग संगै काठमाडौँ आएको तथ्य खुलिसकेको छ । अफवाहहरुलाई सत्यले विस्थापित गर्ने प्रयास स्वरुप यो अपहरण काण्ड बाबुराम भट्टराई र बिश्वदिपहरुले रचना गरेको भन्ने कुरा निजहरुले फेसबुक वालमा राखेको स्टाटस, ट्वीट गरेको सन्दर्भ, बैशाख ११ गते पछि डा। भट्टराईकै एकै किसिमको सोफाबाट डा. भट्टराई र सांसद यादबको अन्तर्वार्ता प्रसारण हुनु र महानगरीय प्रहरी परिसरमा डा. भट्टराईकै नेतृत्त्वमा जाहेरी दरखास्त दिन दलबल सहित जानुले आम नागरिकलाई प्रष्ट पारेकै छ, कानूनी रुपमा समेत प्रमाणित भएकै
छ ।
जनकपुर, बर्दिबास, होटल सिन्धुली इन, काभ्रे धुलिखेल र मेरियट होटलसम्म मन्त्री बन्न लालायित भै प्रधानमन्त्रीसंग अन्तिम सहमतिको लागि आइपुग्दा र मेरियट होटलमा छुट्टै कोठाको लागि निज सांसद यादव आफ्नै परिचयपत्र राखी, सांसद द्वय महेश बस्नेत र किसान श्रेष्ठ समेत आ- आफ्नै परिचयपत्रबाट चेक इन हुनुले अपहरण गरेको वा शरीर बन्धक लिएको कुरा प्रारम्भमै पुष्टी हुंदैन ।
प्रहरीले जाहेरी दरखास्त दर्ता गर्नु अघिनै जाहेरी दरखास्तमा उठाइएका कसुरहरु को सत्त्यता छ, छैन भन्ने कुरा हेरेर मात्र जाहेरी दरखास्त दर्ता गर्ने प्रचलन छ । यसो गर्नुको कारण चै अनुसन्धान तहकिकात गर्दा जाहेरी झुठो देखिएमा जाहेरी दरखास्त दिनेलाई नै सजाय हुने कानूनी प्रावधानले गर्दा हो । तर, कानूनमा जाहेरीवालाले दिएको जाहेरी प्रहरीले नलिएमा सरकारी वकिल मार्फत दर्ता गर्न सकिने प्रावधान भएकोले अहिले सांसद सुरेन्द्र कुमार यादबको जाहेरी दरखास्त दर्ता भै प्रारम्भिक अनुसन्धान शुरु भएको छ र जाहेरी दरखास्तमा उल्लेख गरे जस्तो अपहरण र शरीर बन्धकको पुष्टी हुन नसक्ने भएकोले नै प्रहरीले शुरु दर्ता नगरेको हो । यदि उजुरी झुठा ठहर भयो भने मुलुकी फौजदारी संहिताको दफा ९८ आकर्षित हुने देखिन्छ । दफा ९८ मा झुठ्ठा उजुरी दिन नहुने प्रावधान रहेको छ । उपदफा १ मा कसैले कसैलाई क्षति पुर्याउने वा हैरान गर्ने नियतले कुनै न्यायिक कारबाही गर्न अधिकारी समक्ष झुठ्ठा कुराको दावी लिई वा अभियोग लगाई कुनै व्यक्तिका बिरुद्ध उजुरी वा सूचना दिनु हुँदैन भन्ने ब्यबस्था छ भने उपदफा (२)मा उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई जुन कसूरको झुठो अभियोग लगाएको हो त्यस्तो कसूरमा हुन सक्ने सजायको उपल्लो हदको आधासम्म सजाय हुनेछ भन्ने कानूनी प्रावधान रहेको छ ।
त्यसैगरी मुलुकी अपराध कार्यविधि संहिता, २०७४ को दफा ४४ को उपदफा (२) बमोजिम आफू साक्षी भई नेपाल सरकार, प्रहरी कर्मचारी वा अन्य अधिकारीलाई विश्वास पर्ने किसिमको कुनै कुरा वा सवूद प्रमाण देखाई पोल वा उजुर गरेकोमा सोही आधारबाट अनुसन्धान भई अदालतमा मुद्दा चलिसकेपछि त्यस्तो कुरा वा सवूद वा प्रमाण झुठ्ठा वा बनावटी भएको कुरा उल्लेख गरी कसैको प्रतिवेदन, उजुरी परेमा वा बयान भएमा वा कुनै साक्षी वा जाहेरवालाको बकपत्र वा अन्य कुनै किसिमबाट देखिएमा अदालतले सोही मिसिलबाट प्रमाण बुझी देहाय बमोजिम गर्न सक्नेछः–
(क) झुठ्ठा कुरा लेखिदिने वा बनावटी व्यहोराको बकपत्र गर्ने साक्षीलाई तीन महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय गर्न,
तर त्यसरी सजाय गर्दा कसूरदारलाई हुने सजायको आधाभन्दा बढी कैद वा जरिबाना गर्न सकिने छैन ।
(ख) झुठ्ठो कुरा लेखिदिने वा बनावटी प्रमाण पेश गर्ने काम वा पोल वा उजुर गर्नु पर्ने मनासिब माफिकको कारण नभई साक्षीले ब्यक्तिगत रिसइविले वा कुनै प्रलोभनमा परी गरेको भन्ने अदालतलाई लागेमा सफाई पाउने प्रतिवादीलाई मुद्दाको प्रकृति र अवस्था विचार गरी त्यस्तो साक्षीबाट मनासिब क्षतिपूर्ति त्यसै मुद्दाबाट भराई दिन ।
यसरी कानूनमा स्पष्ट ब्यबस्था भए बमोजिम सांसद सुरेन्द्र कुमार यादवले जाहेरी ब्यहोरामा उल्लेखित कसुर प्रमाणित गर्न थप प्रमाण पेस गर्न नसके वा प्रहरीको अनुसन्धानबाट झुठा जाहेरी प्रमाणित भए निज सांसद यादव नै सजायको भागिदार हुनेछन र उनको सांसद पद पनि गुम्नेछ ।
यसै केससंग जोडिएको सांसद बाबुराम भट्टराई, उनका कार्यकर्ताहरुर मतियारहरु विश्वद्विप पाण्डे, हिसिला यमी र आङ्काजी शेर्पा समेतले बैशाख १० गते देखिनै सामाजिक संजालको दुरुपयोग गरी समाजमा घृणा, द्वेष फैलाउने मनशायबाट प्रेरित भै झुठा सामाग्री प्रेषित गर्ने, निज सांसद यादवलाई बैशाख ११ मा मेरियट होटलबाट निजको घरमा पुर्याउने र डा. भट्टराईले नै शरीर बन्धक लिने आदि घटनाक्रमले बिद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ बमोजिम निजहरुलाई पक्राउ गरी मुद्वा दायर हुन सक्ने प्रवल संभावना रहेको कानूनविद्व गोपी चौलागाई बताउँछन् ।