दुई चिनियाँ जहाज ३४६ नागरिक बोकेर फर्किए – Himalayan Dainik

दुई चिनियाँ जहाज ३४६ नागरिक बोकेर फर्किए


दुई चिनियाँ जहाज ३४६ नागरिक बोकेर फर्किए

काठमाडौँ, २५ वैशाख – चीनको दुई वायु सेवा प्रदायक कम्पनीका जहाजले आफ्ना ३६४ नागरिक बोकेर फर्किएका छन् । चीनको एयर चाइना १६२ जना र साउदर्न एयरले १८४ चिनियाँ नागरिकलाई चार्टर्ड उडानमार्फत स्वदेश उडेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीका अनुसार यी दुई उडानमध्ये एयरचाइना छेन्दु जानेछ । चाइना साउदर्न ग्वाङ्जाओका लागि उडान भरेको हो । नेपालमा लकडाउनका कारण रोकिएका चिनियाँ नागरिकलाई यहाँस्थित चिनियाँ दूतावासको पहलमा ती नागरिक स्वदेश फर्किएका हुन् ।

उता, अत्यावश्यक स्वास्थ्य सामग्री लिन चीनको बेइजिङ गएको नेपाल वायु सेवा निगम (एयरलाइन्स) को वाइड बडी जहाज काठमाडौं फर्किएको छ । त्यस्तै, अष्ट्रेलियाको सिड्नी उडेको निगमको अर्को चार्टर्ड उडानको वाइड बडी जहाज पनि आझ साँझ ६ः०० बजे काठमाडौँ विमानस्थलमा अवतरण गर्नेछ