कोरोना संक्रमणका कारण दुबईमा एक नेपालीको मृत्यु – Himalayan Dainik

कोरोना संक्रमणका कारण दुबईमा एक नेपालीको मृत्यु


कोरोना संक्रमणका कारण दुबईमा एक नेपालीको मृत्यु

काठमाडौँ, २४ वैशाख – कोरोना भाइरसको संक्रमणका कारण यूएईमा एक नेपालीको मृत्यु भएको छ । नेपालको स्थायी घर अर्घाखाँची भएका ४७ वर्षीय पुरुषको आइतबार ज्यान गएको हो ।

१५ वर्षदेखि दुबईमा कार्यरत उनको कोरोना भाइरसको संक्रमणबाट ज्यान गएको भनेर अस्पताललाई उद्धृत गर्दै परराष्ट्र सेवा कन्सुलर सेवाले परिवारसामु जनाकारी पठाएको छ ।

श्वासप्रश्वासमा समस्या भएको भन्दै वैशाख ५ गते उनी अस्पताल भर्ना भएको बताइएको छ । सुरुमा निमोनिया भनिएतापनि उनको अवस्था गम्भीर भएपछि स्थानीय अस्पतालले दुबइको रशिद अस्पताल पठाएको मृतकका साथीहरुले बताएका छन् । त्यसपछि भेन्टिलेटरमा राखेर उपचार गरिँदै आएका उनको आइतबार ज्यान गएको नेपाली दुतावासले जनाएको छ ।