काठमाडौं, २४ वैशाख – विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणको लागि सरकारले आज चार वटा महत्वपूर्ण निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रीपरिषद् बैठकले चार वटा निर्णयहरु गरेको हो ।
मन्त्रीपरिषद्का निर्णयहरुः
१. २६ गतेदेखी देशभरका उद्योग कलकारखाना खोल्न दिने । बैठकले उच्च सतर्कता अपनाएर उद्योग कलकारखाना खोल्न दिने निर्णय गरेको हो । अर्थतन्त्रलाई चलायमान बनाउन उद्योग कलकारखाना भने सतकर्तापूर्वक खोल्न दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिनुभयो । त्यसका लागि सम्वन्धित मन्त्रालयले निर्देशिका जारी गर्नेछ । मापदण्ड पु¥याएर कलकारखाना संचालन गर्ने दिने निर्णय मन्त्रीपरिषद्ले लिएको छ ।
२. छिमेकी भारतमा कोरोना संक्रमितको संख्या बढिरहेका बेला सीमा नाका जेठ १८ सम्म बन्द गर्ने र थप कडाई पनि गर्ने निर्णय बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको हो ।
३. सरकारले भोली वैशाख २५ गते बुद्ध जयन्तीका अवसरमा साँझ दिप प्रज्ज्वलन गर्न पनि नागरिकहरुलाई आग्रह गरेको छ ।
४. लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । चैत ११ देखि सरकारले जारी गरेको लकडाउनको अवधि भोलि बिहीबार सकिँदैछ । लकडाउनकै बीच यतिबेला नेपालमा कोरोना संक्रमितको संख्या ८२ पुगेको छ ।