अमेरिकामा कोरोनाबाट मृत्यु संख्या ७२ हजारले नाग्यो – Himalayan Dainik

अमेरिकामा कोरोनाबाट मृत्यु संख्या ७२ हजारले नाग्यो


अमेरिकामा कोरोनाबाट मृत्यु संख्या ७२ हजारले नाग्यो

एजेन्सी, २४ बैशाख – अमेरिकामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणका कारण अहिलेसम्म ७२ हजार २७० को ज्यान गइसकेको छ ।

मंगलबार मात्र २ हजार ३४९ काे ज्यान गयाे । त्यहाँ कोरोना संक्रमितको कुल संख्या १२ लाख ३७ हजार ६२७ पुगेको वर्ल्डोमिटर्सको तथ्यांकले देखाएको छ । मंगलबार मात्र अमेरिकामा कोरोनाका २४ हजार ७९२ नयाँ संक्रमित फेला परेका छन् । हालसम्म कुल संक्रमितमध्ये २ लाख भन्दा बढी मानिस भने पूर्ण रुपमा निको समेत भइसकेका छन् । बाँकी ९ लाख ६४ हजारभन्दा धेरै संक्रमित हाल उपचाररत छन्, जसमध्ये १६ हजारभन्दा बढी केस जटिल अवस्थाका रहेको जनाइएको छ ।

अमेरिकी राज्य न्यूयोर्कमा भने पछिल्ला केही दिनमा कोरोना संक्रमणका घटना र दैनिक मृत्युमा कमी देखिएको छ । त्यहाँ पछिल्लो २४ घण्टामा (मंगलबार) कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २६० मा झरेकाे छ । साेमबार भने त्यहाँ एकै दिनमा २९६ जनाकाे मृत्यु भएकाे थियाे ।

न्यूयाेर्कमा मंगलबार २ हजार ७६५ मात्र नयाँ बिरामी फेला परेका छन् । यससँगै न्यूयोर्कमा मात्रै कोरोना संक्रमित संख्या ३ लाख ३० हजार १३९ पुगेकाे छ । हालसम्म त्यहाँ २५ हजार २०४ जनाले ज्यान गुमाइसकेका छन् ।

यता न्यूजर्सीमा पनि कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ८ हजार २९२ पुगेको छ । त्यहाँ एकैदिनमा मंगलबार ३४१ को मृत्यु भयो भने २ हजार ३६० नयाँ संक्रमित थपिए