एजेन्सी, २४ बैशाख – कोरोना भाइरसको संक्रमणबाट भारतमा मंगलबार एकैदिनमा मात्र १२३ जनाको मृत्यु भएको छ ।हालसम्म भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ हजार ६९३ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।
मंगलबार भारतमा २ हजार ९६३ जनामा कोरोना संक्रमण फेला परेको छ । सोमबार भने ३ हजार ९३२ जना नयाँ कोरोनाका संक्रमित थपिएका थिए । यससँगै त्यहाँ कुल संक्रमितको संख्या ४९ हजार ४०० पुगेको छ । यसैबीच १४ हजार १४२ जनाले भने कोरोना जितेर घर फर्किइसकेका छन् ।
कोरोनाको संक्रमण बढ्दै गएपछि भारतीय सरकाले मे १७ (जेठ ४) सम्म लकडाउन लम्ब्याएको छ ।