लोकतान्त्रिक आन्दोलनमा सञ्चार जगत्‌ले निर्वाह गरेको भूमिका अविस्मरणीय : प्रम ओली – Himalayan Dainik

लोकतान्त्रिक आन्दोलनमा सञ्चार जगत्‌ले निर्वाह गरेको भूमिका अविस्मरणीय : प्रम ओली


लोकतान्त्रिक आन्दोलनमा सञ्चार जगत्‌ले निर्वाह गरेको भूमिका अविस्मरणीय : प्रम ओली

काठमाडौँ, २४ वैशाख – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको परिवर्तन तथा लोकतान्त्रीक आन्दोलनमा सञ्चार जगत्ले निर्वाह गरेको भूमिका अविस्मरणीय रहेको बताउनुभएको छ ।

पाँचौँ राष्ट्रिय पत्रकारिता दिवस तथा गोरखापत्रको १२० वर्ष प्रवेशको सन्दर्भमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सामाजिक जीवनको प्राणवायु भएको उल्लेख गर्नुभयो । उहाँले लकडाउनको कठिन परिस्थितिमा पत्रकारले गरिरहेको कार्यसम्पादनप्रति सम्मान जनाउनुभयो ।

पत्रकारको पेशागत हकहित र स्वतन्त्रताको रक्षाका लागि सरकार साथमा रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले लोकतान्त्रिक आन्दोलनमा सञ्चार जगत्‌ले निर्वाह गरेको भूमिका अविस्मरणीय रहेको बताउनुभएको छ ।

सन्देशमा भनिएको छ, “प्रेस स्वतन्त्रताप्रति हाम्रो प्रतिबद्धता र अविचलित निष्ठा रहेको छ । प्रेस स्वतन्त्रता, लोकतन्त्र र राष्ट्रियताको संरक्षण, सामाजिक न्याय र समानताको प्रत्याभूति गर्दै शान्ति र स्थायित्वको प्रवद्र्धन तथा मानवअधिकारसम्बन्धी सरोकारलाई प्राथमिकतामा राखेर विकास र निर्माणमा सरकार अग्रसर रहेको छ । परम्परागत र नयाँ विद्युतीय आमसञ्चारमाध्यमदेखि सामाजिक सञ्जालसम्म आधारहीन सामग्री सम्प्रेषण हुन नदिन सबैभन्दा पहिले पत्रकार एवं सञ्चारकर्मी नै सजग हुनुपर्छ ।”