लकडाउन यथावत राख्न उच्चस्तरीय समितिको सिफारिस – Himalayan Dainik

लकडाउन यथावत राख्न उच्चस्तरीय समितिको सिफारिस


लकडाउन यथावत राख्न उच्चस्तरीय समितिको सिफारिस

काठमाडौं, २३ बैशाख – सरकारले लकडाउनलाई निरन्तरता दिने भएको छ । अहिलेसम्म अबलम्बन गरेको नीति सहि भएको ठहर गर्दै कोभिड–१९ रोकथाम र नियन्त्रण गर्न गठित उच्चस्तरीय समितिको बैठकले लकडाउन केही समय थप गर्न सुझाव दिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको समितिको बैठकले लकडाउनको मोडालिटीबारे अन्तिम निर्णय गर्ने अधिकार भने मन्त्रिपरिषद्लाई दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसहित बसेको समितिको बैठकमा विभिन्न विकल्पका बारेमा छलफल भने भएका थिए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारीले संक्रमणको जोखिम अझै नसकिएको र नियन्त्रणका लागि सरकारले लिएको लकडाउनको नीति ठीक भएको निष्कर्ष बैठकले निकालेको बताउनु भयो । ‘लकडाउन जस्तो छ त्यही रुपमा थपिन्छ । के कति दिन थप्ने भन्ने र अरु कुराहरु भोली बस्ने मन्त्रिपरिषद् बैठकले टुंगो लगाउँछ’, बैठकपछि सचिव बिडारीले भन्नुभयो ।