ओरेक नेपाल सिरहाद्धारा गर्भवती महिलालाई राहतमा पौष्टिक आहार वितरण – Himalayan Dainik

ओरेक नेपाल सिरहाद्धारा गर्भवती महिलालाई राहतमा पौष्टिक आहार वितरण


ओरेक नेपाल सिरहाद्धारा गर्भवती महिलालाई राहतमा पौष्टिक आहार वितरण

 महेश सिंह सिरहा २३  बैशाख – ओरेक नेपाल सिरहाले लहान नगरपालिका वडा नं. १३ का गर्भवती र सुत्केरी महिलाहरुलाई पौष्टिक आहार सहितको राहत वितरण गरेको छ । ओरेक नेपाल सिरहाले वडा नं. १३ को सहकार्यमा ११३ जनालाई राहत वितरण गरिएको हो ।

लहान नगरपालीका वडा नम्बर १३ अध्यक्ष महेश श्रेष्ठको उपस्थितिमा राहत वितरण गरेका छन् । नेपाल सरकारले देश ब्यापी रूपमा लागु गरेको सामाजिक दुरी कायम गर्दै राहत वितरण गरेका हुन । कोरोना भईरसको कारण सिर्जना भएको समस्यामा गर्भवति महिलाहरु वढी प्रभावीत भएकाले ओरेक नेपाल सिरहा लहान पौष्टिक आहारसंगै राहत वितरण गरिएको हो ।

प्रत्येक व्यक्तिलाई चामल २५ केजी, दाल १.५ केजी, चना १ केजि, खाने तेल १ लिटर, नुन १ केजी, सरसफाईको लागी सावुन ३ वटा, सरफ १ प्याकेट र सुतिको कपडा २ मिटर वितरण गरेको हो ।ओरेक नेपालका अनिता चौधरीले जानकारी दिनु भयो ।

समस्यामा परेका सुत्केरी र गर्भवती महिलाहरुलाई समस्या बाट जोगिन ओरेक नेपाल सिरहाले पौष्टिक राहत वितरण गरेको हो ।आउने दिनहरुमा यस्तो बिपतको घडीलाई मध्य नजर गर्दै सहयोग गरिने ओरेको अनिता चौधरीले जानकारी दिनु भयो ।