नयाँदिल्ली, २३ वैशाख – सोमबारबाट केही रक्सी पसल खुलेको दिल्लीमा सरकारले रक्सीमा मंगलबारदेखि ७० प्रतिशत मूल्यवृद्धि गरेको छ । दिल्लीमा केजरिवाल सरकारले मंगलबारदेखि लागू हुने गरि एमआरपीमा ७० प्रतिशत ‘स्पेशल कोरोना फीस’ लगाउने निर्णय गरेको हो । यसअघि हरियाणा सरकारले पनि रक्सीमा कोभिड–१९ सेस लगाएको थियो ।
सोमबारदेखि भारतमा लकडाउनको तेस्रो चरण सुरु भएको जनाइएको छ । कोरोना कारण भारतमा २ साताका लागि लकडाउन अवधि बढाइएको थियो । लकडाउन बढाएपछि केही क्षेत्रमा लचकता अपनाउने निर्णय गरिएको थियो ।
सोही अनुरुप सोमबार भारतका कतिपय सहरहरुमा रक्सी पसल खुलेका थिए । उक्त अवसरमा पसलमा लामो लाइन देखिएको थियो ।
दिल्लीलगायतका सहरमा सामाजिक दूरीको अपहेलना गर्दै रक्सी पसलमा देखिएको भिडले अर्को समस्या सिर्जना हुनसक्ने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।