सिराहामा गोलि चल्यो – Himalayan Dainik

सिराहामा गोलि चल्यो


सिराहामा गोलि चल्यो

जनकपुरधाम, २२ बैशाख – राहत वितरणका क्रममा सिराहाको मिर्चेयामा सोमबार प्रहरी र स्थानीवासिन्दाबीच झड्प भएको छ ।

झडपका क्रममा ५ जना प्रहरी र ४ जना सर्वसाधारण सामान्य घाइते भएका छन् । सोमबार राहत वितरण गर्ने क्रममा केही व्यक्तिले हो–हल्ला गर्दै राहत वितरण नै बिथोल्न खोज्दा प्रहरी र स्थानीयबीच झडप भएको हो ।

झडपका क्रममा प्रहरीले चार राउण्ड अश्रु ग्यास र नौ राउण्ड हवाई फायर गरेका छन् । सिराहा प्रहरीका प्रवक्ता एवं डीएसपी बिनोद घिमिरेले हो हल्ला गर्नेहरुले ढुँगा प्रहार गर्न थालेपछि अश्रु ग्यास र हवाई फायर गर्नुपरेको बताए ।